घुयँत्राे : हाम्मा मख्यमन्त्री हाम्मा कुडा जस्तै ‍‍…

कुडा कर्नालिका बार्याँ निकै टिकाटिप्पणी गर्या देख्खियाे सामाजिक सन्जालाँ । खासमा बिगत ४ बर्षदेखि चल्या याे कार्यक्रमले खासमा के उपब्धि दियाे भन्ने कुरा हामी सामान्य मान्छेले थाहै पाएनम् र अायाेजकहरुलेनि याे कार्यक्रम गर्नाले कर्नालियाँ याे याे चिज भाे अब यस्ताे हुँदैछ भनेर भन्द्याभापाे हाम्लेनि था पाउँथिम यस्ताे भएछ भनेर ।

याे कार्यक्रम गर्नुकाे उदेश्य बर्सेनि बाइराट मान्छे बाेलाउने अनि उनरले २/४ कुरा भट्याउने त्याे कर्नालीकाले सुन्ने एवं रितले सरकार वा गैर सरकार वा व्यापारी र निजिस्तरकाले पैशा दिने अायाेजकले मास्ने विलास्ने सक्ने अनि हाम्मा मख्यमन्त्री हाम्मा कुडा जस्तै फगत उपलब्धि बिहिनकाे कार्यक्रम हाे । पारदर्शीका जमानाँ पारदर्शी कुरा नगर्दिने अनि मान्छेले कुरात उठाउन्यै भएनि ।

साँच्चिकै याे कार्यक्रम उपलब्धिमूलक हाे । कार्यक्रमका लागि कार्यक्रम गर्या हैन भने याे पटक धेरैले यसकाे महत्व र उपलब्धि जान्न खाेज्या छन नरिसाईकन याे याे हाे भनेर भन्दे राम्रै हुन्थ्याे हैन र ? याे पटक त कार्यक्रम मा भाकाे ब्यबहारले पत्रकारहरुनि रिसाजस्ताे देख्खियाे । अायाेजकहरले भाडाँ ल्याका क्यामेरामेनहरले ह्याँ पत्रकारहरलाई फाेटै खिच्न नदेर हकारेका सम्चारनि अाछन ।

ठिकैछ रितिक फाउन्डेसनवालाहरले सुर्खेताँ क्यामेरामेन पाएनन करनालिकाे जनशक्ति उनरकालागि कामलाग्दा भएनन र कर्नालिलाई एकैचाेटि जुरुक्क उचाल्न क्यामेरामेन बाईराट ल्याउनु भाे, दर्शकहरुनि बाईराटै ल्याउनुभाे अनि ह्वाँहरका पाहुनानि बाईराटै अाए खालि ठाउँमात्रै कर्नालिकाे प्रयाेग गर्दिनुभा हाे भनेनि यसमा केई छैन ।

कर्नालियाँ अाँफुलाई काम लाग्ने केई भेटाउनु भएन त्यसैले सबै बाईराट भित्र्याउनुभाे यसमानि कुनै गुनासाे छैन । तर तपाईहरकाे कार्यक्रमकाे फाेटाे खिच्दा तपाईँहरलाई त्यत्राे हानि नाेक्सानी के हुन्थ्याे र ? नाेक्सानी हुने भए सुर्खेतका (कर्नालिका पत्रकारहरु) फाटाे नखिच्नुहै तपाईहरले खिच्या फाेटाेले हाम्रो उपलब्धि गुमछ भनेर भन्दाभा पत्रकारनि त्यस्ता अबुझ र अक्कलका अन्धात थिएनन हाेला ।

त्यसैले ऐले भन्नू पर्दा जनता जान्न चाहन्छनकि रितिक फाउन्डेसनकाे उदेश्य केहाे ? अनि याे कार्यक्रम गर्नाले जनता र प्रदेशलाई फाइदा हुने हाे कि सहभागी पाहुना र सन्चालकहरुलाई फाईदा हुने हाे । हाम्ले बुझ्नेगरि सजिलाे भाषामा भन्दिनुभा भा जान्ने अबसर पाउँथ्याैँ कि ? कि कसाे हजुर !

घुयँत्राे : हाम्मा मख्यमन्त्री हाम्मा कुडा जस्तै ‍‍…

अछाम पुगेर १ लाख ११ हजार राशीकाे

घुयँत्राे : हाम्मा मख्यमन्त्री हाम्मा कुडा जस्तै ‍‍…

बुलबुलेमा इलेक्ट्रोनिक्स स्कुटीको शाेरुम उद्घाटन

Leave a comment

Your email address will not be published. Required fields are marked *