अछाम पुगेर १ लाख ११ हजार राशीकाे खेल सल्यानले जित्यो

दुर्गा विसी
सल्लीबजार, ३० फागुन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाका खेलाडीले अछाममा आयोजित भलिबल खेलमा विजेता हाँसिल गरेका छन् । कमल बजारमा आयोजित भलिबल खेलमा १६ वटा टिम सहभागी भएका थिए ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले १५ वटा टिमलाई पछि पार्दै १ लाख ११ हजार ११ रुपैयाँ राशी हात पारेको छ । अछामको कमल बजारमा आयोजित नगरपालिकाद्वारा सञ्चालित खेलमा बनगाड कुपिण्डे प्रथम भएको छ ।
सुदुर पश्चिमको अछाम कमल बजार नगर नगरपालिका अछामको आयोजनामा खेल भएको थियोे । ट्रि–स्टार युवा कल्व बनगाड कुपिण्डेको आर्थिक संयोजनमा सल्यान देखि खेलाडी बोकेर अछाम पुगेका तरुण दल बनगाड कुपिण्डे नगरपालिकाका सचिव कमल पुनले जानकारी दिएका छन् ।
भव्यताका साथ आयोजित खेलमा सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका रञ्जित विक, उमेश विक, धिरेन्द्र विष्ट, हेमन्त विष्ट लगायतका खेलाडी राम्रो प्रदर्शन गरेका थिए ।
भलिबलको अत्यन्तै चर्चित क्षेत्र सुदुर पश्चिमको अछाम पुगेर पनि यहाँका खेलाडीले खेल जितेका छन् । डढेलधुरालाई हराउँदै सल्यान पहिलो बनेको हो । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको ट्रि स्टार युवा कल्वको अगुवाइमा खेलाडी सहभागी बनाएको थियोे ।






