एकै थलोमा ४० युवाले लोपोन्मुख सिँगारु नाँच सिके

सुर्खेत, २४ फागुन ।
स्थानीय ४० युवाले एकै थलोमा लोपोन्मुख सिँगारु नाच प्रशिक्षण लिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले सुर्खेत सिम्तामा आयोजना गरेको ‘चार दिवसीय सिँगारु नाच कार्यशाला’मा स्थानीय ४० युवाले नाच प्रशिक्षण लिएका हुन् ।

सिम्टा ‘सिँगारु नाच’को उद्गम थलो हो । यहाँका ज्येष्ठ नागरिक अहिले पनि चाडपर्वमा महिला भेषमा सिँगारु नाच नाच्ने गर्छन् । तिनै अग्रज पुस्तासँग नयाँ पुस्ताले नाच सिकेका छन् ।

सुर्खेत जामुने बजारमा गत बिहीबारबाट सुरु प्रशिक्षण प्रमाणपत्र प्रदानसँगै सोमबार सम्पन्न भएको छ । सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले नृत्य प्रशिक्षण बिहीबार उद्घाटन गरेका थिए ।

आफ्नो गाउँपालिकामा आएर नयाँ पुस्तालाई नृत्य सिकाएर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रशंसनीय कार्य गरेको उनले बताए ।
कार्यशाला उद्घाटन समारोहपछि सिँगारु नाच’दयगत कार्यपत्र प्रस्तुत गरिएको थियो । ‘सिम्तामा प्रचलित सिँगारु लोक नाचको सौद्धान्तिक पक्ष’ शीर्षकमा जीवेन्द्रदेव गिरीद्वारा प्रस्तुत कार्यपत्रमा सिँगरुविद् स्थानीय ज्येष्ठ नागरिकले सुझाब दिए ।

नेपाल संगीत तथा नृत्य प्रज्ञा प्रतिष्ठान नृत्य विभाग प्रमुख प्राज्ञ नमुना शर्माले सिँगारु नाच समयअनुसार परिमार्जन गर्दै अघि बढाउनुपर्नेमा जोड दिइन् । यस्ता नाच प्रतिष्ठानले खोजीखोजी संरक्षण गर्ने पनि उनले उल्लेख गरिन् ।

कार्यशालामा सिँगारु नाचविज्ञ कुलमान नेपालीले आधुनिक शैलीमा नाच्ने कला र स्थानीय कलाकार कालिबहादुर मल्लले सिँगारु नाच नाच्ने तरिका सिकाए ।

सोही क्रममा प्रेमदेव गिरी र खम्बराज गिरीले सिँगारु नाचमा मदाल बादन प्रशिक्षण दिएका छन् । सिँगारु नाच सिकेर आकर्षक रूपमा प्रस्तुत गर्न पाउँदा युवापुस्ताले खुसी व्यक्त गरे । चार दिनसम्म दिनभर चलेको प्रशिक्षणमा स्थानीय ९ विद्यालय तथा कलेजका विद्यार्थीले सिँगारु नाच सिकेका छन् ।

प्रशिक्षार्थीले सिँगारु अर्थात् पुरुष भएर पनि महिला भेषमा महिलासँगै यो नाच नाचेर कला प्रस्तुत गरेका छन् । पुरुषले महिला बनेर प्रस्तुत गरेको सृँगारु नाच हेर्न सिम्ता गाउँपालिका सुर्खेतको पुरानो गाउँपालिका भवन प्रांगनमा निकै भिड लाग्यो ।

सांसद शाहीले प्रशिक्षक तथा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै सिँगारु नाचको उद्गमस्थल सिम्टा भए पनि यसअघि नयाँ पुस्ताले नाच नजानेको जिकिर गरे ।

एकै थलोमा ४० युवाले लोपोन्मुख सिँगारु नाँच सिके

‘सरकारी कर्मचारीले जनतालाई दुख दिनु हुँदैन’

एकै थलोमा ४० युवाले लोपोन्मुख सिँगारु नाँच सिके

आठ वर्षीया छोरी बलात्कृत भएको घटना सुनेपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *