प्रदेश अस्पतालमा मिर्गाैला प्रत्याराेपणकाे तयारी

सुर्खेत, २० भदौ  ।

प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । शनिवार अस्पतालमा मिर्गौला प्रत्यारोपण सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा अस्पताल प्रशासनले स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सेवा सुरु गर्ने जनाएको छ । प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन भई सकेको अस्पतालले जनाएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले अङ्ग प्रत्यारोपण सेवामा अस्पतालले गरेको प्रगति कर्णाली स्वास्थ्य क्षेत्रको सफलतामा अर्को खुड्किलो थपिएको बताए  ।

सङ्घीय संरचनापछि कर्णालीका १० वटै जिल्लाका नागरिकका लागि अस्पताललाई सङ्घबाट प्रदेशको मातहतमा ल्याएको उद्घोष गर्दै मन्त्री बुढा क्षेत्रीले भन्नुभयो, कर्णालीको स्वास्थ्य क्षेत्रमा प्रदेश अस्पतालले खेलेको भूमिका अतुलनीय छ, ।’

विशेषज्ञ डाक्टरको व्यवस्था भए कर्णालीका नागरिकलाई उपचारका लागि प्रदेश बाहिरिनु पर्ने अवस्थाको अन्त्य हुने यस्तै, अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले विशेषज्ञ डाक्टरको व्यवस्था भए कर्णालीका नागरिकलाई उपचारका लागि प्रदेश बाहिरिनु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन । डा खड्काले स्रोत, साधन र जनशक्तिको उपलब्धतामा सरकारले कन्जुस्याइँ नगरे प्रदेश अस्पताललाई काठमाडौँपछिको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको रूपमा विकास गर्ने सकिने बताए  ।

सरकारले ७ प्रदेशमा अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने नीति लिएपछि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर बिच भएको सम्झौता अनुरूप प्रत्यारोपण सेवा सुरु गर्नुपूर्वको तयारीका विषयमा गरिएको अन्तक्र्रिया अङ्ग प्रत्यारोपणका लागि आवश्यक विशेषज्ञको अभाव रहेको खड्काको भनाई छ ।

कर्णालीवासीले काठमाडौँबाट लिने सुविधा हामीले किन सुरु नगर्ने, बिरामी हुँदा हाम्रा अस्पताल किन विश्वनिर नहुने, के हामीले काठमाडौँको स्वास्थ्य सेवा हाम्रै प्रदेशबाट दिन सक्दैनौ र रु’ अस्पतालको हालसम्मको प्रगतिका बारेमा स्पष्ट पार्दै डाक्टर खड्काले अस्पताललाई देशकै सुविधा सम्पन्न बनाउन आफू लागि परेका बताए  ।

प्रदेश अस्पताल सुर्खेतबाट मिर्गौला प्रत्यारोपण सेवा स्वास्थ्य विभागले स्वीकृति प्रदान गरेको अवस्थामा अबको केही महिनामै सुरु हुने खड्काको भनाइ छ । यस्तै कार्यक्रममा बोल्दै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका अङ्ग प्रत्यारोपण विशेषज्ञ डाक्टर पुकार चन्द श्रेष्ठले मृत्यु भएका व्यक्तिहरूको अङ्ग दानमा जोड दिइनु पर्ने बताए ।

मिर्गौलामा आउने समस्यालाई ‘साइलेन्ट किलर’ को संज्ञा दिँदै डाक्टर श्रेष्ठले भने   ‘मिर्गौला फेल हुनुको मुख्य कारण हाम्रो अव्यवस्थित खान पान र रहनसहन हो, मिर्गौलाले करिब २० प्रतिशतभन्दा कम काम गर्न छाडेपछि एक्कासि समस्या देखा पर्दछ, यसरी समस्या देखा परे हामीसँग २ वटा विकल्प रहन्छन्, पहिलो डायल सीस र अर्को मिर्गौला प्रत्यारोपण ।’

पोखरापछि सुर्खेतमा अङ्ग प्रत्यारोपण सेवा सुरु गर्न लागेको भन्दै अस्पतालसँगको सहकार्यपछि कर्णालीका नागरिकलाई अङ्ग प्रत्यारोपणका लागि प्रदेश बाहिर जानु पर्ने स्थितिको अन्त्य हुने बताए ।

गाेरखापत्र 

प्रदेश अस्पतालमा मिर्गाैला प्रत्याराेपणकाे  तयारी

कराेडाैँकाे बहु प्राविधिक भवन प्रयाेग विहीन

असोजकाे पहिलो हप्ताबाट दशैका लागि टिकट बुकिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *