२०८३ आश्विन १७ गते
×

Now Playing

कराेडाैँकाे बहु प्राविधिक भवन प्रयाेग विहीन

हुम्ला २० भदाै ।

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा दुुई वर्ष अगाडी बहुु प्राबिधिक धारका लागि जिल्लामा भौतिक संरचना निर्माण भएपनि पढाई भने सुुरु हुन सकेको छैन । एक करोड बीस लाख खर्च गरेर भवन निर्माण भएपनि पढाइ सुरु नहुँदा राज्यको लगानी खेर गएको छ ।

मानसरोवर नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुुर शाहीले बहुु प्राबिधिक धार सञ्चालन गर्न भवन निर्माण गरिएपनि थप कार्यक्रम नआएको कारण हालसम्म पढाइ सुरु गर्न नसकेको बताउए  । उनले उक्त भवन इन्जिनीयरीङ धारतर्फको पठनपाठन सुरु गर्न निर्माण गरिएको भएपनि उक्त प्राबिधिक धार सञ्चालन गर्न अन्य कार्यक्रम नआएको कारण त्यतिकै रोकिएको बताए । कार्यक्रमका स्वरुप भवन निर्माण पछि बहुु प्राबिधिक धारको पठनपाठन गर्न सहयोग गर्ने रहेको थियो । तर भवन बाहेक कक्षा सञ्चालनका लागि अन्य कार्यक्रम नआउदा कार्य अगाडी नबढेको हो ।

सामाजिक विकास कार्यालयका सवइन्जिनीयर धर्मराज बोहराले दुुई वर्ष अगाडी बहुुप्राबिधिक धारका लागि एक करोड बीस लाख लागतमा चार ब्लक भवन निर्माण गरिएको बताए  । कुल बजेटमा डिपिआर तयारी, प्रदेश सरकारको अनूदान र विद्यालय ब्यवस्थापन समितिका जनश्रमदान समेत रहेको छ । ती भवनमा ११ वटा कोठा रहेका छन् । भवन निर्माणका लागि पाँच लाखको डिपिआर समेत निर्माण भएको थियो ।

यसका लागि प्रदेश सरकारबाट ९५ करोड लगानी भएको छ भने बीस लाख रुपियाँ जनश्रमदानमा भवन निर्माण भएका हुुन । भवन खाली भएपछि विद्यालयले कोरोनाको समयमा एउटा भवन शसस्त्र प्रहरी र अर्को भवन हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता आवासीय विद्यालयलाई भाडामा दिईएको थियो । भवन विद्यालय ब्यवस्थापन समितिले निर्माण गरेको हो ।

प्रदेशबाट अन्य कार्यक्रम नआएपछि त्यसअघि विद्यालयमा सञ्चालन हुँदै आएको सिटिभिटी अन्र्तगतको डिप्लोमा इन्जिनीयरीङको पठन पाठन र बिधार्थीहरुका लागि होस्टेल सञ्चालन गर्ने तयारी विद्यालयले गरेको छ । विद्यालयले हाल विद्यालयको दुुई वटा कोठामा उक्त बिषय अध्ययन भई रहेको जनाएको छ । एकातिर साँघुुरोमा कक्षा सञ्चालन भई रहेको र अर्कोतर्फ बनेका भवन खाली रहेपछि त्यसको सदुपयोग गर्नेतर्फ विद्यालय लागेको हो ।

गाेरखापत्र 

कराेडाैँकाे बहु प्राविधिक भवन प्रयाेग विहीन

कराेडाैँ लगानीकाे एकीकृत भवन प्रयाेगहीन

कराेडाैँकाे बहु प्राविधिक भवन प्रयाेग विहीन

प्रदेश अस्पतालमा मिर्गाैला प्रत्याराेपणकाे तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *