कुमाखगाउँ–२ मा पानी शुद्धिकरण गर्न फिल्टर बितरण

वसन्त कुमार शर्मा
सल्यान, २२ चैत्र ।
नेपाल सरकारको रणनीति योजनालाई पूरा गर्न कुमाख गाउँपालिका वडा नं. २ का स्थानीयलाई फिल्टर वितरण गरिएको छ । वडाभित्र रहेका ७ ओटा टोलका प्रत्येक घरधुरीमा शुद्ध पिउने पानीको पहुँच पुरयाउन ८२० ओटा फिल्टर बितरण गरियो ।

कार्यक्रममा बोल्दै ७ ओटा टोल नारायणटाकुरा, खारखोला, कैनकाडा, बारुले, नेटाबजार, रुमालगाउ, डाडाकटेरी रहेका करिब ३४ सय जनसंख्या लाभान्वित भएका छन् । अब शुद्ध पिउने पानीको पहुँच पुगेको र पञ्चतत्व मध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ ।

पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्म मात्र पर्याप्त हुँदैन, बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनेर वडा २ का अध्यक्ष शेरबहादुर रावतले बताउनु भयो ।

त्यस्तै महिला सदस्य खगिसरा ओली खत्रीले नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या भएको बताउनुभयो । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ ।

संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो गर्दै भन्नुभयो यो महिला तथा लक्षित बर्ग अन्तरगतको १० लाखको लगानीमा सबै टोलका लक्षित तथा असहाय अपाङ्ग बालबालिका दलित समुदाय र जेष्ठ नागरिकहरुलाई आर्थिक बर्ष २०७७ /०७८ को बजेटबाट यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

वडा सदस्य पुस वीर बुढा र नरबहादुर बुढाथोकीले कार्यक्रममा सबैलाई फिल्टर हस्तान्तरण गर्दै अब रोग लाग्न बाट हामिलाई जोगाउने भाडो पाउनु भएको छ ।यसको प्रयोग निरन्तर गर्नु होला भन्नू भयो ।

अर्कि दलित महिला सदस्य तेजमा सुनारले नेपाल सरकारले यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ यो नारालाई आत्मसाथ गर्दै हामी सम्पूर्ण टोलबासीलाई शुद्ध पानी, स्वच्छ जिन्दगी भएकोले सहि सदुपयोग गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

कुमाखगाउँ–२ मा पानी शुद्धिकरण गर्न फिल्टर बितरण

हुम्लामा थपिए दुइ मतदान केन्द्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!