श्रममन्त्री श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशकको भेटवार्ता

काठमाडौं, २२ चैत्र ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्ज सहित प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा मंगलबार भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारीताका बिषयमा छलफल भयो ।

सो अवसरमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो । विश्व बैंकले आन्तरिक रोजगार सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा गरेको सहयोगका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो ।

बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिका लागि विश्व बैंकले सहयोग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन दीगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको माग अनुसार रोजगारी आपुर्ति गर्नेतर्फ थप सहकार्यको जरुरी रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

सामाजिक सुरक्षा अन्तर्गत सय दिने अस्थायी रोजगारी कार्यक्रम स्थानीय तहमार्फत संचालन भइरहेको बताउनुहुँदै उहाँले यस कार्यक्रमले कोभिड १९ महामारीमा विपन्न समुदायलाई राहत प्रदान गरेको बताउनुभयो ।

अहिले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमका कार्यक्रमहरुलाई एकत्रित रुपमा संचालन गरी सीपयुक्त जनशक्ती उत्पादन गर्ने सरकारको नीति रहेको बताउनुहुँदै उहाँले सातै प्रदेशमा निर्माण गरिने तालिम केन्द्रका लागि विश्व बैंकबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

विश्व बैंकका क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न बिश्व बैंक तयार रहेको बताउनुभयो ।

नेपाल सरकारको आन्तरिक रोजगारी प्रवर्द्धन सम्वन्धि नीति कार्यान्वयनमा बिश्व बैंकले सहयोग गर्ने लीनले बताउनुभयो । युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाले विपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत् श्रम बजारको परिणाममा सुधार ल्याउने उहाँले बताउनुभयो ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यस सम्बन्धि नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डन्डुराज घिमिरेले परियोजनामार्फत भइरहेका कार्यक्रमहरुबारे जानकारी गराउनुभएको थियो । विश्व बैंक नेपालको प्रमुख दातृ निकाय हो ।

श्रममन्त्री श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशकको भेटवार्ता

सत्ता गठबन्धनलाई चुनावी चटारो : कर्णालीमा वडाबाटै

श्रममन्त्री श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशकको भेटवार्ता

कुमाखगाउँ–२ मा पानी शुद्धिकरण गर्न फिल्टर बितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!