हुम्लामा थपिए दुइ मतदान केन्द्र

केबि थापा
हुम्ला, २२ चैत्र ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ वटा उपकेन्द्र थपिँदा हुम्लामा ५४ वटा मतदान केन्द्र हुने भएका छन् । मतदाता संख्याका आधारमा एक हजारभन्दा बढी मतदाता संख्या रहेको सिमकोट गाउँपालिका ७ को टुलिङ र ताँजाकोट गाउँपालिका ३ थापागाउँमा २ वटा उपकेन्द्र थप्दा जिल्लामा ५४ मतदान केन्द्र भएको जिल्ला निर्वाचन आयोग हुम्लाले जनाको छ ।

एक हजारभन्दा बढी मतदाता संख्या रहेका ५ वटा मतदान केन्द्र भए पनि निर्वाचन आयोगले २ वटा केन्द्रमा मात्र उपकेन्द्र थप गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुक्तिनन्द रावलले बताए ।

२०७४ सालको स्थानीय निर्वाचनभन्दा दुईवटा मतदान उपकेन्द्र थपिएको हो‚ जसमा एक हजारभन्दा बढी मतदाता संख्या रहेको सिमकोट गाउँपालिका ७ को टुलिङ र ताँजाकोट गाउपालिका ३ कैलाश आधारभूत विद्यालय थापागाउँमा मतदान उपकेन्द्र थप गरिएको प्रमुख रावलले बताए ।

आयोगले जिल्लाको मागअनुसार उपकेन्द्र थप गरिएको आयोगले जनाएको छ । यसपटकको स्थानीय निर्वाचनका लागि गाउँपालिकाका अनुसार निर्धारण गरिएका मतदान केन्द्रको संख्यामा नाम्खा गाउँपालिकामा १० वटा, सिमकोटमा ९ वटा, खार्पुनाथमा ५ वटा, सर्केगार्डमा ११ वटा, चंखेलीमा ७ वटा, अदानचुलीमा ६ वटा र ताँजाकोटमा ६ वटा गरी जम्मा ५४ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

हुम्लामा थपिए दुइ मतदान केन्द्र

कुमाखगाउँ–२ मा पानी शुद्धिकरण गर्न फिल्टर बितरण

हुम्लामा थपिए दुइ मतदान केन्द्र

वीरेन्द्रचोक वरपर पसलका सटर फोडी चोरी गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!