वीरेन्द्रचोक वरपर पसलका सटर फोडी चोरी गर्ने शाही पक्राउ

सुर्खेत, २२ चैत्र ।
वीरेन्द्रनगर–६ बजार क्षेत्र वीरेन्द्रचोक भित्रका विभिन्न पसलहरुको ताला फोडी चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । वीरेन्द्रनगर–३ बस्ने बर्ष २८ का हिमाल शाही पक्राउ परेका हुन ।
बिभिन्न पसलहरुको ताला फोडी पसलहरु चोरी गरी हिडिरहेको अबस्थामा सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बजार क्षेत्रबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका निज हिमाल शाहीलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा चोरी भएका सामानहरु र नगद रुपैयाँ समेत फेला पारी नियन्त्रणमा लिई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
चोरी गर्ने शाहीबाट नेपाली रुपैयाँ नगद १२ हजार ४ सय ५५ रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार ३ सय ३० रुपैयाँ, बच्चाले लगाउने चाँदीको बाला, चेप्टो ४ थान, गोलो ३ थान, बरासेट १ थान, सिक्री ४ थान, रुद्राक्षेको बालामा चाँदी राखेको २ पिस भेटिएको छ ।
त्यसैगरी कपडाहरु कुर्ता सुरुवाल १ पिस, लेहेङगा १ पिस, हाप पाईन्ट १ पिस, टिसट १ पिस, कालो झोला १ पिस, सुर्य चुरोट १ पाकेट, सिखर चुरोट १ पाकेट, रेडमी मेवाईल थान १, सटर तोड्न प्रयोग गरेको रट थान १ सहित पक्राउ गरिएको छ ।






