गुर्भाकोट ४ मा खोप तथा गाउ घर क्लिनिक संचालन

दिलिप ढकाल
गुर्भाकोट, १९ भदौं ।
गुर्भाकोट नगरपालिका वडा नम्बर ४ साहारे (पोखरा)मा खोप तथा गाउ घर क्लिनिक संचालनमा आएको छ । गर्भवती, दीर्घरोगी, अपाङ्ग, अशक्त भएका स्थानीयलाई नजिकै सेवा सुबिधा दिने उद्देश्यले खोप तथा गाउँ घर क्लिनिक संचालना ल्याईएको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगीले जानकारी दिए ।

उक्त क्लिनिकको गुर्भाकोट नगरपालिका का नगर प्रमुख हस्त उद्घाटन गर्नु भएको थियो। बढ्दो जना घनत्वलाई मध्यनजर गर्दै आफुले नगर सभामा क्लिनिक संचालन गर्नु पर्ने माग गरेको जानकारी दिए । गाउ घरमै क्लिनिक संचालित क्लिनिक बाट वडा नम्बर ४ सहित ५,६,र ७ का जनताले सेवा पाउने छन् ।

स्वास्थ्य चौकी साहारेमा कार्यरत कर्मचारी द्वारा संचालन हुने गरि हरेक बिहिबार चेकजाँच तथा उपचार गरिने र जटिल समस्या भएमा थप उपचारको लागि बाहिर रिफर गरिने समेत उनले जानकारी दिए ।

उद्नघाटन कार्यक्रममा गुर्भाकोट नगर पालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरी वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगी,वडा सदस्यहरु ज्ञान बहादुर डाँगी, कमला यरि, मिना बिक र स्वास्थ्य चौकी साहारेको ब्यबस्थापन समिति उपाध्यक्ष किरण वली लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

गुर्भाकोट ४ मा खोप तथा गाउ घर क्लिनिक संचालन

उत्तर पुस्तिकामा नाम, नम्बर, रोल नं. लेख्ने

गुर्भाकोट ४ मा खोप तथा गाउ घर क्लिनिक संचालन

कर्णालीमा कृषि योजना छन्, जनशक्ति पाईदैन

Leave a comment

Your email address will not be published. Required fields are marked *