उत्तर पुस्तिकामा नाम, नम्बर, रोल नं. लेख्ने २१ जना कारवाहीमा

सुर्खेत, १९ भदौं ।
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशबाट खुलेका विभिन्न पदमा दरखास्त दिएर उत्तरपुस्तिकामा नाम, रोल नं. र मोवाईल नम्बर लेख्ने, संकेत गर्ने २१ जना परीक्षार्थी कारवाहीमा परेका छन् । विज्ञापन नं. ५०३–५०६÷०७८–७९ इन्जिनियरिङ सेवाका विभिन्न पदमा दरखास्त दिएका २१ जना परीक्षार्थीहरुको उत्तर पुस्तिका रद्ध गर्दै कारवाही गरिएको छ ।

परीक्षकलाई प्रभावित पार्ने गरी उत्तरपुस्तिकाको भित्रि पृष्ठमा आफ्नो नाम, रोल नम्बर, मोवाईल नम्बर उल्लेख गरिएको भेटिएपछि लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ (१) (ख) बमोजिम आयोगको भदौं १८ गते शनिबारको निर्णय अुनसार कारवाही गरिएको हो ।

सोरु–१, मुगु दर्ता नं. ३३९० का राजेन्द्र शाहीले उत्तरपुस्तिकामा आफ्नो मोवाईल नम्बर लेखेको भन्दै आयोगद्धारा लिईने परीक्षामा २ बर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारवाही गरी उत्तरपुस्तिका रद्ध गरिएको छ ।

त्यसैगरी उत्तर पुस्तिकाको भित्रि पृष्ठमा नाम र रोल नं. उल्लेख गर्ने २० जना परीक्षार्थीलाई आयोगबाट लिइने सबै परीक्षामा १ बर्ष सम्म उम्मेदवार हुन नपाउने र दिएका सबै परीक्षा रद्ध गर्ने गरी कारवाही गरेको छ ।

कारवाही परेका परीक्षार्थीहरुको विवरण :

बाइकको पछाडि बसेर टिकटक बनाउँदा लडेर एक

उत्तर पुस्तिकामा नाम, नम्बर, रोल नं. लेख्ने २१ जना कारवाहीमा

गुर्भाकोट ४ मा खोप तथा गाउ घर

Leave a comment

Your email address will not be published. Required fields are marked *