बाइकको पछाडि बसेर टिकटक बनाउँदा लडेर एक युवकको मृत्यु

दाङ, १९ भदाै ।

टिकटक बनाउने क्रममा लडेर दाङमा एक युवकको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजेतिर टिकटक बनाउने क्रममा मोटरसाइकबाटै भीरमा झरेका युवकको मृत्यु भएको हो ।

सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट भीरमा झर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ ।

रातिको समयमा मृतक केसी झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई रातिनै उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर उनलाई अस्पताल पुर्याइए लगत्तै अस्पतालले मृतक घोषणा गरेको थियो । उनी सवार रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालकलाई पनि नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

बाइकको पछाडि बसेर टिकटक बनाउँदा लडेर एक युवकको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2079-05-19)

बाइकको पछाडि बसेर टिकटक बनाउँदा लडेर एक युवकको मृत्यु

उत्तर पुस्तिकामा नाम, नम्बर, रोल नं. लेख्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *