सुत्केरी वेथाले छट्पटिएकी लक्ष्मीको हेलिकप्टरबाट उद्दार 

दिपेन्द्र शर्मा
जाजरकोट, १९ भदौ ।
नलगाड नगरपालिका–८, लुपानाकी २७ बर्षिया लक्ष्मी वलीको हवाई उद्धार भएको छ । नलगाड नगरपालिका दल्लीबाट हवाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत ल्याएको हो । हवाइ उद्दारका लागि वडा अध्यक्ष बद्री पन्त र पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश पन्तलले पहल गरेका थिए ।

नलगाड नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पन्त भने “मैंले फोन गर्दा आबश्यक पहल गर्नु हुने मेरो दाजु बरिष्ठ पत्रकार प्रकाश कुमार पन्तले, विशेष पहलमा तत्काल हेलिकप्टरको व्यवस्थापन मिलाउने जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, राष्ट्रपति हवाई उद्दार कार्यक्रमकी निता शर्मा, नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, स्वास्थ्य शाखा दल्लीका प्रमुख प्रचण्ड जंग कार्की, बिरामीको बारेमा जानकारी दिने बिष्णु केसी, फनिन्द केसी ,बखत केसी, चन्दन नाथ गण दल्लीका क्याप्टेन दिवबहादुर थापा, ईलाका प्रहरी कार्यालय दल्लीका प्रमुख अर्जुन साँउद लगाएत सबैले बिशेष सहयोग पर्याउनु भएको हो । धन्यवाद दिन चाहान्छु ।”

चार दिन देखि सुत्केरी बेथाले छट्पटी रहेको र शुक्रबार राति मात्र उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र दल्लीमा ल्याइएको थियो । त्यहाँ उपचार नहुने र सुविधायुक्त अस्पतालमा लैजानु पर्ने स्वास्थ्यकर्मीको सल्लाह थियो ।

स्थल मार्गबाट एम्बुलेन्स सन्चालन हुने सडकबाटो अबरुद्ध भएको कारण तत्काल हवाई उद्दार गरिएको हो । तत्काल नगर स्वास्थ्य शाखाको सिफारिस लेखेर जिल्ला प्रशासन कार्यालय जाजरकोट र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई अनुरोध गरिएको थियो ।

त्यसको लगत्तै तत्काल हेलिकप्टर आउनलाई मौषम खराबीको कारण ४ घण्टापछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आएर लक्ष्मी वलीलाई थप उपचारका लागि सुर्खेत लगिएको बिबिसी नेपाली सेवा सम्वाददाता प्रकाश कुमार पन्तले जानकारी दिएका छन् । विरामीको प्रदेश अस्पताल कालागाउँमा उपचार भैरहेको छ ।

सुत्केरी वेथाले छट्पटिएकी लक्ष्मीको हेलिकप्टरबाट उद्दार 

विज्ञानतर्फ कर्णालीबाट उषा बालबाटिकाको उत्कृष्ट नतिजा

Leave a comment

Your email address will not be published. Required fields are marked *