विज्ञानतर्फ कर्णालीबाट उषा बालबाटिकाको उत्कृष्ट नतिजा

सुर्खेत, १९ भदौं ।
कक्षा–१२ को बोर्ड परीक्षामा विज्ञान विषयतर्फ उषा बालबाटिका माध्यमिक विद्यालय सुर्खेतले कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा हाँसिल गरेको छ । छात्र र छात्रातर्फ प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गरेको हो ।

हालै प्रकाशित कक्षा–१२ विज्ञान विषयको नतिजामा कर्णाली प्रदेशकै एक मात्र पुरानो र पहिलो संस्थागत विद्यालय उषा बाल वाटिका मा.वि.ले ३ जना ए प्लससहित विज्ञान संकायमा उत्कृष्ट नतिजा हाँसिल गरेका हुन ।

विद्यार्थी छात्र विक्रान्तजंग बुढाले ३.७१ जिपिए र स्वर्गिय देवदर्शन सिंहले ३.७० जिपिए ल्याई कर्णाली प्रदेशमै क्रमश प्रथम र द्वितीय हुन सफल भएको विद्यालयका प्रित्सिपल सुशिल भुषालले जानकारी दिए ।

साथै छात्रातर्फ पनि यस कर्णाली प्रदेशमै विज्ञान संकायमा छात्रा दिपा चपाईले ३.६७ जिपिए ल्याई प्रथम हुन सफल भएकी छिन भने छात्रा जानकी बुढाले ३.५८ जिपिए ल्याई द्वितीय स्थान प्राप्त गर्न सफल भएको जनाइएको छ ।

विज्ञानतर्फ कर्णालीबाट उषा बालबाटिकाको उत्कृष्ट नतिजा

YUGAAWHAN NATIONAL DAILY (2079-05-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *