भेरीगंगाका प्रमुख–उप्रमुखले १०० दिनका उपलब्धी सार्वजनिक गरे

दिलिप ढकाल
भेरीगंगा, १९ भदौं ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल र उपप्रमुख धनसरा बोहोराले पद बहाली गरेको सय दिने उपलब्ध सार्वजनिक गरेका छन् । १०० दिनमा गरेका महत्वपूर्ण कार्यहरुको २१ बुद्धामा सार्वजनिक गरेका छन् ।

उपलब्धीहरु यी हुन
भेरीगंगा निवासी नागरिकहरुलाई जटिल रोगहरु मुटु, क्यान्सर, मृगौला, पार्किन्सेन्स, अन्जाइमर्स, हेडइन्जुरी, स्पाइनलइन्जुरी, सिकलसेन इन्जुरी र प्यारालाइसिसबाट पूर्ण असक्त नागरिकहरुलाई मासिक दुई हजार उपचार तथा जीवन निर्बाह भत्ता उपलब्ध गराउने निर्णय भएको,
अनावश्यक घरभाडाहरु तथा गाडी भाडाको सम्झौता खारेजी गरी फजुल खर्च घटाइएको ।
सबै नागरिकहरुलाई सहज रुपमा यस नगरपालिकाबाट सेवा लिनका लागी नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतसंग सेवा लिनका लागि तल्लो तलामा कार्यालय सारी अपाङ्गता, जेष्ठ नागरिक र असक्त नागरिकमैत्री कार्यकक्षको ब्यवस्थापन गरिएको,
समग्र भेरीगंगाको विकासको लागि सबै राजनितिक दलका प्रमुखहरु, हालसम्मका निर्वाचित जनप्रतिनिधीहरु, इन्जिनियर र निर्माण व्यावसायीहरु एवं सम्पूर्ण कर्मचारीहरुको अलग, अलग बैठक आयोजना गरी सल्लाह सुझाव लिएर योजना निर्माण गर्ने नयाँ संस्कारको सुरुवात गरिएको,
सम्पुर्ण कर्मचारीहरुलाई जनतासंग मुस्कानसहितको सेवाप्रदान गर्न र काममा ढिलासुस्ती र झन्झटको अन्त्य गरी जनमैत्री प्रशासनको सुरुवात गरिएको,
नगरपालिकामा हुने फजुल खर्चको अन्त्य गरी नगरपालिकालाई नीति र विधिमा सञ्चालन गर्दै, शुसासनको प्रत्याभुती गरिएको,
भेरीगंगा नगरपालिकाको मदानीचौरदेखि पूर्वि क्षेत्रमा बिमानस्थल निर्माणका लागी वातावरण प्रभाव मुल्याकंन गर्न प्रथम पटक संयुक्त बैठक सम्पन्न भएको,
नगरपालिकाका प्रमुख शहरहरुमा सरसफाई अभियानको थालनी गरी फोहोरमैला व्यबस्थापन गर्नका लागी डस्टविन बितरण गरिएको,
भेरीगंगा नगरपालिकामा खानेपानी, सरसफाई तथा फोहोर मैला व्यवस्थापनका लागी खानेपानी तथा सरसफाई इकाईको स्थापना गरिएको,
भेरीगंगा नगरपालिकाका भित्रको फोहोरमैला ब्यबस्थापन गर्न र प्रशोधन केन्द्र निर्माण गर्नको लागि आईई÷डिपिआरको प्रक्रिया सुरु भएको,
किसानको समस्यालाई मध्यनजर गरि साबिकको गाबिस रामघाट र मैनतडा कृषि प्रसार सेवा केन्द्र स्थापना गरी संचालन गरिएको,
नगरपालिकाको कार्यालय भित्र नागरिक सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरी संचालन गरिएको,
विपद पिडित बिरामी तथा गरिब बिपन्न नागरिकहरुलाई स्वास्थ्य उपचार र राहतको लागि आर्थिक सहायता रकम वितरण गरिएको,
छिन्चु बजार चोकदेखि इलाका प्रहरी कार्यालय चोकसम्म जाने बाटोको पुरा चौडाई समेतको सडक कालोपत्रे गरिएको,
भेरीगंगा–१२ मा बसपार्क निर्माणको लागि कार्य सम्झौता सम्पन्न गरिएको,
भेरीगंगा वडा नम्बर एक र दुई मा बिधुत लाईन विस्तारका लागि तयार गरिएको डिपिआर स्वीकृत भएको,
भेरीगंगा–१२ छिन्चु स्वास्थ्य चौकीमा कोभिड–१९ को परिक्षण र उपचार कार्य पुनःसुरु गरिएको,
न्यायिक समितिबाट तीन वटा मुद्दाहरु मेलमिलापको बिधिबाट टुंगो लगाइएको,
जनतालाई गुणस्तरीय सेवा दिनको लागी प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखसँग कार्य सम्पादन सम्झौता गरिएको,
नगरपालिकाका बैठकका प्रस्ताब तथा निर्णयहरु तत्काल वईभसाइटमा राखी सार्बजनिक गर्ने कार्यको थालनी गरिएको,
विगतमा अधुरा र अपुरा भएका जग्गाहरुको हकमा भुमिआयोग जिल्ला समिती सुर्खेतमा स्वयम निवेदक उपस्थीत भई फारम भर्नुपर्ने प्रावधान भएता पनि, जनताको समस्यालाई मध्यनजर गरी सम्वन्धीत वडा कार्यालयबाट फारम भराउने व्यवस्था मिलाईएको छ ।





