१९ कठ्ठा जमिनको अबैध अफिम खेती नष्ट

मोहन सिंह
जाजरकोट, २१ चैत्र ।
नलगाड नगरपालिका वडा नं ३ मष्टडाँडा डाउन्ने र कड्के भन्ने स्थानमा अबैध रुपमा खेती गरिएको अफिम इलाका प्रहरी दल्लीले नष्ट गरेको छ ।
चैत्र २० गते बिहान ९ बजे जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं. ३ मष्टडाँडा डाउन्ने र कड्के भन्ने स्थानमा इप्रका दल्ली जाजरकोटबाट प्रहरी नायव निरिक्षक छबिलाल चौधरीको कमान्डरमा ११ जनाको प्रहरी गस्ती गर्दै जाने क्रममा भेटेको थियो । अन्दाजी १९ कठ्ठा मा रहेको अबैध अफिम खेती फेला पारी उक्त अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।






