सिम्तामा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन हुने

दुर्गा विसि
सिम्ता, २१ चैत्र ।
सिम्ता गाउँपालिका सुर्खेतमा महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायका व्यक्तिहरुलाई अपांगता पुनस्र्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
सो कार्यक्रम विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा काभ्रे, वाग्मती प्रदेश नेपाल र सिम्ता गाउँपालिका सुर्खेतको समन्वय तथा कम्यूनिटि पाट्नर्स ईन्टरनेशनलको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको थियोे ।
सिम्ता गाउँपालिकामा अपाङ्ग बालबालिकाका शिविर सञ्चालनका निम्ति सोहि तयारी अनुसार कार्यक्रम आयोजना गरिएको छ । सिम्तामा यस अघि संस्थाले ११ जना बालबालिकाको उपचार गरेको छ ।
विशेष गरी जन्मजात खुट्टा बांगो, टिङ्गो भएका १८ वर्ष बालबालिकाका लागि उपचार गर्ने सकिने विकलांग मित्र समूह बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रका प्रतिनिधि होमराज केसीको भनाई रहेको छ ।
शिविरमा हात, खुट्टा बांगो, नसा खुम्चिएको, आगोले पोलेर समस्या वनाएको त्यस्ता बालबालिकाको उपचार हुने जनाएको छ । निःशुल्क रुपमा उपचार समेत हुने जनाएको छ । आउँदो बैशाख ५ गतेदेखि सो शिविर सिम्ता गाउँपालिकाको राकम स्वास्थ्य चौकीमा सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य परिक्षणसँगै शारीरिक असक्ततासमेत पहिचान हुने गरिने भएको छ । जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँचिएको, बांगो, जोर्नी दुख्ने, सुनिने, हड्डीको टिवि रोग लागेको चेक गरिनेछ ।
हड्डी पाकेर लामोसमय सम्म पिप आइरहेको, अपांगता भइ कृतिम हातखुट्टा आवश्यक परेमा, नसा तथा हाडजोर्नी सम्बन्धि समस्या, ढाड बाङ्गो, हाडजोर्नी बाङ्गिएको लगायतका समस्याहरुको निदान हुने जनाएको छ ।
शिविर सञ्चालनका लागि एक दिने अभिमुखिकरण कार्यक्रमको अध्यक्ष निम्ति प्रमुख प्रशासकिय अधिकृत टोपवहादुर राना र सहजिकरण संस्थाका प्रतिनिधि केसीले गरेको जनाएको छ ।






