मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो, कलम छैठाै‌

काठमाडौं, २१ चैत्र ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । त्यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिन्ह ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।

सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।

सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन् ।

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो, कलम छैठाै‌

दुर्गम स्थानमा टिक्दैनन् हाकिम निमित्तकै भरमा स्थानीय

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो, कलम छैठाै‌

सिम्तामा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!