सुर्खेतको चिङ्गाडमा दुई दलिय गठबन्धन टुट्यो, काँग्रेसले धोका दिएको माओवादीको आरोप

 

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा माओवादी–काँग्रेसको दुई दलिय गठबन्धन टुटेको छ । माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले नेपाली कांग्रेसले धोका दिएको भन्दै गठबन्धन तोडेको छ ।

सचिव महेश जिसि र अध्यक्ष समरबहादुर कामीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमतिविपरीत कांग्रेस लागेको टिप्पणी गरेको छ ।

चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीको तर्फबाट विजयी भएका वडासहित ३ वटा वडा ने.क.पा. (माओवादी केन्द्र) को नेत्तृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने अन्य ३ वटा वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने प्रदेश स्तरमा गरिएको सहमति लाई ने.क.पा. (माओवादी केन्द्र) को तर्फबाट इमान्दारीका साथ पालना भयो ।

उक्त सहमति कांग्रेसको तर्फबाट गठबन्धनको मर्मविपरीत एकलौटी उल्लंघन गरिएको कुरा अवगत गराउछौं’, विज्ञप्तिमा भनिएको छ । माओवादीले विज्ञप्तिमा कांग्रेसलाई मतदान नगर्न सार्वजनिक आव्हानसमेत गरेको छ ।

यहाँ नेकपा माओवादीले उपाध्यक्ष पदमा जितबहादुर रानाको उम्मेदवारी दर्ता गरेपनि पालिकाका ६ वडामध्ये ३, ५ र ६ नम्बर वडा माओवादीले उम्मेदवारी दिने र कांग्रेसले फिर्ता लिने सहमति भएको थियो ।

No description available.

सुर्खेतको चिङ्गाडमा दुई दलिय गठबन्धन टुट्यो, काँग्रेसले धोका दिएको माओवादीको आरोप

खेतबारीमा भोट माग्दै वडाध्यक्षका उम्मेदवार घर्ती

सुर्खेतको चिङ्गाडमा दुई दलिय गठबन्धन टुट्यो, काँग्रेसले धोका दिएको माओवादीको आरोप

जनसेवा श्री पञ्चम श्रेणीद्वारा विभुषित दैलेखका कुल

Leave a comment

Your email address will not be published. Required fields are marked *