खेतबारीमा भोट माग्दै वडाध्यक्षका उम्मेदवार घर्ती
जाजरकोट । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन नजिकिएसँर्ग राजनैतिक दलहरुले चुनावी अभियानलाई तीव्र बनाएका छन्।
उमेदवार र नेता कार्यकर्ताहरु मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र कोणसभा कार्यक्रमलाई अघि बढाएका छन् ।
घरदैलोमा ब्यस्त बारेकोट गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार वीरबहादुर घर्ती घरघरदेखि खेतबारीमा समेत पुगेर मत माग्दैछन् । उनले खेतबारीमा काम गरिरहेका किसानसँग पनि भोट मागेका छन् ।
उनी नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार हुन् ।





