एकै बर्षमा आए कर्णालीमा साढे तीन लाख पर्यटक, झण्डै आधा करोड राजश्व संकलन

सुर्खेत, १८ साउन ।
पर्यटकनको ‘भर्जिनल्यान्ड’ कर्णाली प्रदेशमा एक बर्षमै साढे तीन लाख बढी पर्यटक आएका छन् । गत बैशाखदेखि फागुन मसान्तसम्म कुल तीन लाख ५९ हजार २३ जना पर्यटकहरु कर्णाली आएका हुन् ।

जसमध्ये सुर्खेतको काँक्रेविहार र बुलबुले तालमा सबैभन्दा धेरै पर्यटक आएको उद्योग बन तथा वातावरण मन्त्रालयले जनाएको छ । काँक्रेविहारमा मात्रै एक लाख ७४ हजार तीनसय ८१ जना पर्यटक आएको मन्त्रालयका नायव सुब्बा देवकुमारी शाहीले जानकारी दिइन् ।

ति पर्यटकमध्ये १२ जना बाह्य र एक लाख ७४ हजार तीनसय ६९ जना आन्तरिक पर्यटक हुन् । त्यस्तै बुलबुलेमा ५५ बाह्य पर्यटक सहित एक लाख ५१ हजार तीनसय ३७ जना पर्यटक आएका छन् । सुर्खेतकै सहिद पार्कमा भने १६ हजार दुइसय पर्यट आएका छन् ।

त्यस्तै मुगुको रारामा ६५ जना बाह्य र ६ हजार आठसय १५ जना गरेर कुल ६ हजार आठसय ८० जना पर्यटक आएका छन् । डोल्पाको शे–फोक्सुन्डो ताल घुम्न ६१ बाह्य र तीन हजार चारसय ३८ आन्तरिक गरी कुल तीन हजार चारसय ९९ पर्यटक आएका हुन् ।

दैलेखको गुराँसे भ्यूटावमा ६ हजार एकसय ४९ जना पर्यटक आएको छन् । रारा, शे–फोक्सुन्डो ताल, बुलबुले, काँक्रेविहार, सहिद पार्क र गुराँसे बाहेकका पर्यटकीय स्थलको विवरण भने मन्त्रालयले राखेको छैन् ।

ती पर्यटकबाट झण्डै आधा करोड अर्थात ४७ लाख ५६ हजार दुइसय ७० रुपैयाँ संकलन भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सहिद पार्कबाट चार लाख ५० हजार, गुराँसे भ्यूटावरबाट तीन लाख सात हजार चारसय ५० रुपैयाँ र शे–फोक्सुन्डो तीन लाख, ३१ हजार आठसय राजश्व संकलन भएको हो ।

त्यस्तै बुलबुले ताल घुम्न गएका पर्यटकबाट २१ लाख ७१ हजार एकसय ५० रुपैयाँ, काँक्रेविहार घुम्ने पर्यटकबाट ६ लाख १८ हजार सातसय ७० रुपैयाँ र रारा पुग्ने पर्यटकबाट आठ लाख ७६ हजार पाँचसय रुपैयाँ राजश्व संकलन भएको नायव सुब्बा शाहीले जानकारी दिइन ।

हरेक पाहुनालाई होमस्टेमा बसाल्ने, अर्गानिक खानाको स्वाद चखाउने
यस्तै पर्यटन प्रबद्र्धनका लागि कर्णाली प्रदेशले कर्णाली आउने पर्यटकलाई होमस्टेमा बसाउने र अर्गानिक खानाको स्वाद खुवाउने रणनीति अघि सारेको छ ।

पर्यटकका हिसावले कर्णाली ‘भर्जिनल्यान्ड’ भएको भन्दै यहाँ घुम्न आउने पर्यटकलाई होमस्टेमा बसालेर अर्गानिक खाना खुवाउनुपर्ने रणनीति अपनाउने भएको हो ।

पर्यटन प्रबद्र्धनका लागि होटल व्यवसायीसबैभन्दा बलिया भए हुन् । तर कर्णाली प्रदेशमा भने सुविधा सम्पन्न (पाँच तारे) होटल व्यवसाय छैनन् । वीरेन्द्रनगर प्रदेश राजधानी भएपछि ठूला होटल व्यवसायहरु फस्टाउँदै गएपनि पर्यटकीय क्षेत्रमा भने सविधायुक्त होटल छैनन् ।

यही कारण अब कर्णाली आउने हरेक पर्यटकलाई होमस्टेमा बसालेर अर्गानिक स्वाद चखाउनुपर्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । पर्यटन व्यवसायीको सुझावलाई आधार मान्दै प्रदेश सरकारले पनि गाउँगाउँमा होमस्टे सञ्चालनमा प्रर्बद्धनात्मक सहयोग गर्ने रणनीति लिने भएको छ ।

कर्णाली घुम्न आउने पर्यटकलाई कोदोको र पापर रोटी, जुम्लाको सिमी, भटमास जस्ता अर्गानिक परिकारहरुका स्वाद चखाउने गरी होमस्टेको प्रर्बधनको रणनीति लिने भएको हो ।

‘कर्णाली घुम्न आउने पर्यटकलाई पाँचतारे होटलमा होइन, अब होमस्टेमा बसालेर अर्गानिक स्वाद चखाउनुपर्छ’ प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री छिरीङ डण्डुल लामा ‘कार्चेन’ले भने, ‘होमस्टको विकास नै कर्णालीको पर्यटन विकासको मुख्य आधार हो ।’ बरु स्थानीय र प्रदेश सरकारले उनले होमस्टेको प्रचार–प्रसार प्रवद्र्धनमा सहयोग गर्नुपर्ने बताउँछन् ।

होमस्टे महासंघको तथ्याङ्क अनुसार हाल प्रदेशभर ४६ वटा होमस्टेहरु छन् । जसमध्ये मुगुमा सबैभन्दा बढी अर्थात १३ वटा, सुर्खेतमा ११ वटा, दैलेखमा नौ वटा, जुम्लामा ६ वटा होमस्टेहरु छन् ।

त्यस्तै डोल्पामा दुइ वटा, हुम्लामा दुई वटा, जाजरकोटमा एउटा र रुकुमपश्चिममा दुइवटा होमस्टेहरु छन् । सल्यानमा भने हालसम्म एउटा पनि होमस्टे छैन । त्यहाँ होमस्टे सञ्चालनको प्रयास भइरहेको होमस्टे महासंघ कर्णाली प्रदेश अध्यक्ष कृष्णबहादुर थापा बताए । होमस्टेलाई पर्यटन व्यवसायसँग जोड्नुपर्ने थापाले बताए ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेले पनि पाहुनालाई अर्गानिक खानाको स्वाद चखाउनुपर्ने बताए । ‘कर्णाली आउने पर्यटकले पाँचतारे होटलको स्वाद चाख्ने होइन’ बिहीबार प्रदेश तहमा पर्यन विकास तथा प्रबद्र्धन एवम् संघसँगको सहकार्य सम्बन्धी प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘होमस्टे नै कर्णालीमा प्रदेशको पर्यटन प्रबद्र्धनको मुख्य आधार हो ।’

होमस्टेलाई विशुद्ध अर्गानिक बनाउनुपर्ने र त्यसका लागि प्रदेश र स्थानीय तहले आवश्यक नीति र नियम बनाउनुपर्ने बताए । पर्यटन व्यवसायीहरुले दिएका सुझावलाई उनले आगामी नीति, योजना र बजेटमा समेट्ने बताए । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले कर्णालीको पर्यटकीय क्षेत्रको विकास लागि समग्र क्षेत्रको विकास हुनुपर्ने बताए ।

पर्यटकीय क्षेत्र भएमा मात्रै पर्यटन व्यवसाय फस्टाउन नसक्ने भन्दै उनले पर्यटकीय क्षेत्रसम्म सहज पहुचका लागि पूर्वाधारको विकास हुनुपर्ने बताए । पर्यटन मन्त्रालयका सचिव मोहनदेव जोसीले कर्णाली काँचो मासे भएको भन्दै कर्णालीले काँचो मासु नै बिक्री गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले पर्यटन प्रवद्र्धनका लागि हवाइ क्षेत्रको विकास, पर्यटकीय क्षेत्रसम्म सडकको सहज पहुँच र पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा ध्यान दिनुपर्ने सुझाव दिए ।

भेरीगंगामा होमस्टे तालिम
यस्तै सुर्खेतको भेरीगंगा नगरपालिकाले स्थानीयलाई होमस्टे तालिम दिएको छ । एक महिनासम्म चल्ने तालिममा ७० जना स्थानीय सहभागी छन् । बेरोजगार युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

नगरपालिकाको उद्योग विकास शाखा सुर्खेतको आयोजना र वडा नम्बर ४ को सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिम पश्चात स्थानीयहरुले गाउँमै होमस्टे सञ्चालन गरेर स्वरोजगार बन्ने अपेक्षा गरिएको उद्योग विकास शाखा भेरीगंगाका फोकल पर्सन चित्रा डांगीले जनकारी दिइन ।

नगरपालिकाले होमस्टेसँगै युवाहरुलाई सिङ्गारु नाँच पनि तालिम दिएको छ । संस्कृति लोप हुन लागेको भन्दै गनरपालिकाले सिंगारु नाच सिकाउन थालेको हो ।

एकै बर्षमा आए कर्णालीमा साढे तीन लाख पर्यटक, झण्डै आधा करोड राजश्व संकलन

लागुऔषध सहित एक युवा पक्राउ

एकै बर्षमा आए कर्णालीमा साढे तीन लाख पर्यटक, झण्डै आधा करोड राजश्व संकलन

मुगुमा भुमि आयोगको जिल्ला अध्यक्षमा बिक नियुक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!