मुगुमा भुमि आयोगको जिल्ला अध्यक्षमा बिक नियुक्त

बरम ऐडी
मुगु (गमगढि), १९ चैत्र ।
भुमि आयोग गुमु जिल्ला समितिको अध्यक्षमा लालचन्द्र विक नियुक्ति हुनुभएको छ । मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं. १२ मा एक सादा घरपरिवारमा जन्मिनु भएका जयरुप बिकका छोरा लालचन्द्र बिक (दुयोधन) भुमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त हुनुभएको छ ।
मिति २०४७/०८/१७ गते जन्मिनु भएका बिक सानै उम्मेरदेखि क्रान्तिकारी स्वभाबका र अति मिल्नसार ब्यक्ति थिए । आफ्नो ब्यक्तिगत छवि गाउँस्तर देखि लिएर केन्द्र स्तरसम्म राम्रो रहेको पाईन्छ ।
उहाँले नेकपा माओवादी केन्द्रको गाउँ कमिटी देखि लिएर जनयुद्दको समयमा जनमुक्ति सेना हुँदै प्रदेश तथा केन्द्रीय कमिटिमा रहेर पार्टीका विभिन्न जिम्मेवारीमा काम गर्नुभएको थियो ।
पछिल्लो समयमा पाँच दलिय गठबन्धन सरकार बनेपछि ३१ बर्षको कलिलो उम्मेरका मुगुको भुमि आयोगको अध्यक्षमा नियुक्ति भएपछि मिति २०७८/१२/१७ गते सपथ लिनुभएको छ ।
सपथ लियपछि उहाँको घरपरिवारदेखि लिएर जिल्लामा खुसियाली छाएको छ । सादा घरपरिवारमा जन्मिनुभएका उहाँको यो सिकाई ले सकारात्मक उर्जा छाएको छ ।
अन्य पदाधिकारी मनोनित हुन बाँकि छ । केही दिन पछि जिल्लामा आएपछि सबै सरोकारवाला निकाय संग छलफल गरेर आफ्नो जिम्माका रहेको कामलाई अगाढि बढाउने प्रतिद्धता गरेका छन् ।








