खमारी खोला लद्यु जलविद्युतको चौथो साधारणसभा

प्रेम सुनार
पञ्चपुरी, १८ चैत्र ।
खमारी खोला लघु जल बिद्युत आयोजना पञ्चपुरी नगरपालिका वडा नं. ६ को चौथो बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बावियाचौर बजार र आसपासका क्षेत्रमा नियमित विद्युत उपलब्ध गराउँदै आएको उक्त आयोजनाको बार्षिक प्रगति तथा आयव्यय विवरण सार्वजनिक गरिएको थियो ।

उपभोक्ता संस्थाका अध्यक्ष सुरेन्द्र शाहीले विभिन्न शीर्षकमा ८३ लाख ६९ हजार ४ सय ८२ रुपैयाँको आयव्यय विवरण र आगामी योजना तथा सेवा विस्तारका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष खड्क बहादुर थापाको विशेष आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो ।

खमारी खोला लघुजल बिद्युत आयोजनाका अध्यक्ष सुरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न राजनीति दल, शिक्षक संघ, खानेपानी, रेडियो, पत्रकार, बुद्धिजीवी, समाजसेवीको उपस्थिति रहेको थियो ।

बाबियाचौरलाई झिलिमिलको शहर बनाउनु यहाँ अहोरात्र खटि यस आयोजनालाई यहाँसम्म पुराउन आफ्नो जग्गा धरौटी राखेर भएपनि बिद्युतलाई यो गतिमा लिन योगदान पुरयाउने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

हाल खमारी खोला क, ख, ग गरी तीन वटा आयोजना एउटै स्थानबाट सञ्चालन भएको, आफ्नो भवनबाट सेवा प्रवाह गरेकोमा अध्यक्ष शाहीले खुशी ब्यक्ति गर्नुभएको छ ।

खमारी खोला लद्यु जलविद्युतको चौथो साधारणसभा

‘चुनावी बाचा अनुसार ८० प्रतिशत काम पूरा

खमारी खोला लद्यु जलविद्युतको चौथो साधारणसभा

प्रगतिशिल प्राध्यापक संगठन एमयूमा कँडेल

Leave a comment

Your email address will not be published. Required fields are marked *