प्रगतिशिल प्राध्यापक संगठन एमयूमा कँडेल

सुर्खेत, १८ चैत्र ।
नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटीको छैटौं सम्मेलन शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्यता तथा का.वा.अध्यक्ष खेमराज रावतको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो । भेलाले राम प्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा वेदप्रकाश ढकाल, सचिवमा युवराज पौडेल, सह–सचिवमा कमलराज लम्साल, कोषाध्यक्षमा दिनेश कँडेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा त्रिभुवन बिसी, क्षेत्रमणी तिमिल्सेना, सबिता ढुंगाना र भीम रोकाय चयन भएका छन् ।

केन्द्रिय प्रतिनिधिहरुमा खेमराज रावत, नारायणनाथ योगी, तेजबिक्रम बस्नेत, बिष्णु कुमार खड्का, सुशील कुमार शाही, पुष्पराज आचार्य र प्रविण भुसाल चयन भएका छन् ।

प्रगतिशिल प्राध्यापक संगठन एमयूमा कँडेल

खमारी खोला लद्यु जलविद्युतको चौथो साधारणसभा

प्रगतिशिल प्राध्यापक संगठन एमयूमा कँडेल

सुर्खेत काँग्रेसमा थानी समूहले ४० प्रतिशत हिस्सा

Leave a comment

Your email address will not be published. Required fields are marked *