राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्न चाहेको हो ।

यसका लागि बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ८८ करोड ६४ हजार रुपैयाँ छुट्याइएको छ भने ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र लघुवित्त कम्पनीहरुलाई क्रमशः १६ करोड ६१ लाख र ५ करोड ५३ लाख रुपैयाँ छुट्याइएको छ ।

तर, निक्षेप माग गर्ने बैंकहरुले राष्ट्र बैंकले तोकेको सर्त तथा नियमहरु पूरा गरेको हुनुपर्ने जनाएको छ । दरखास्त आगामी मंसिर १७ गते दिउँसो १ बजेभित्र दिइसक्नु पर्नेछ ।

राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

बर्दिया कांग्रेस सभापतिमा राठौर निर्वाचित

राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

फिल्म ‘फिदा’ को छायांकन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *