सुर्खेतका स्थानीय तहमा दुई चरणमा नामावली संकलन गरिद

सुर्खेत : निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी थालेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिन साढे ६ महिना बाँकी रहँदा आयोगले निर्वाचनको तयारी थालेको हो । निर्वाचनको तयारी स्वरुप आयोगले देशभर पहिलो चरणका कामहरु अगाडि बढाएको छ ।

जसअनुसार कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतले पनि निर्वाचन लक्षित गतिविधि सुरु गरेको हो । आयोगले पहिलो चरणमा मतदाता नामावली संकलन सुरु गर्न लागेको छ । सुर्खेतका नौ स्थानीय मध्ये सात वटा स्थानीय तहमा दुई चरणमा गरी फोटोसहितको मतदाता नामावली संकलन गर्न लागिएको हो । पहिलो चरणमा यही मंसिर १७ देखि पुस ३ गतेसम्म र दोस्रो चरणमा पुस ४ देखि १८ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन गर्ने आयोगको तयारी छ ।

पहिलो चरण अन्तरगत सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका, चौकुने गाँउपालिका र लेकबेशी नगरपालिमा पुगेर मतदाता नामावली संकलन गरिने छ । हरेक स्थानीय तहमा १५ दिन लगाएर आयोगले मतदाता नामावली संकलन गर्नेछ । पालिकाका केन्द्रबाट मतदाता नामावली संकलन हुनेछ ।

यस्तै दोस्रो चरणमा गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र बराहतालमा गाउँपालिकामा नामावली संकलनको काम गरिने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए। बाँकी दुई वटा स्थानीय तहमा भने नियमित मतदाता नामावली संकन भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकाको इलाका प्रशासन कार्यालयबाट नियमित रूपमा फोटो सहितको मतदाता नामावली संकलन भइरहेको छ । आयोगले आउँदो निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन गर्न लागिएको हो । स्थानीय तहका पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा उल्लेख छ । सोही अनुसार आयोगले आगामी निर्वाचनको तयारी थालेको जनाएको छ ।

निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरिसकेको छ । निर्वाचन सम्बन्धी कानुनमा स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भनिएको छ । यहीकारण आयोगले जेठ ५ अगावै स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी थालेको हो ।

सुर्खेतमा १३ हजार मतदाता थपिने अनुमान

निर्वाचन आयोगले सुर्खेतमा १३ हजारभन्दा बढी मतदाता थपिने अनुमान गरेको छ । आयोगले सुर्खेतमा १३ हजार चारसय नयाँ मतदाता थपिने आँकलन गरेको छ । ‘चार बर्षमा धेरै मतदाता थपिने अनुमान गरेका छौँ’ प्रमुख चालिसेले भने, ‘यसपाली सुर्खेतमा करिव साढे १३ हजारको हाराहारीमा नयाँ मतदाता थपिन्छन् ।’

थपिने मतदाताको आँकलन गरेर आयोगको केन्द्रीय कार्यालयले सुर्खेतका लागि १३ हजार चारसय फारम पठाएको छ । १३ हजार मतदाता थपिएको खण्डमा सुर्खेतका मतदाताको संख्या दुई लाख १६ हजार पुग्ने आँकलन गरिएको छ ।

२०७४ को निर्वाचनमा सुर्खेतमा दुई लाख तीन हजार मतदाता रहेका थिए । आयोगले ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली संकलनको तयारी थालेको हो ।

चारवटा टोली परिचालन

आयोगले मतदाता संकलनका लागि सुर्खेतमा चारवटा टोली परिचालन गर्ने भएको छ । एउटा टोलीमा मतदाता फोकलपर्श सहित चारजना जनशक्ति परिचालन हुनेछन् । टोलीले हरेर पालिकाको स्थानीय तहको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नामावली संकलन गर्नेछ । एउटा टोलीले दुई वटा पालिकाहरुमा पुगेर मतदाता संकलन गर्नुपर्ने छ ।

एउटा टोलीका लागि पारिश्रमिक मात्रै दैनिक दुई हजार पाँचसय भन्दा बढी रकम खर्च हुनेछ । यसैबीच आयोगले सोमबार स्थानीय तहका जनप्रतिनिधिलाई मतदाता संकलन सम्बन्धी अभिमुखिकरण दिएको छ । आयोगले १६ गतेसम्म स्थानीय तहका नागरिकलाई मतदाता नामावली संकलन सम्बन्धी प्रचार–प्रसार र समन्वय गरिदिन आग्रह गरेको छ ।

नामावली टिपाउन के–के चाहिन्छ ?

सुर्खेतमा मंसिर १७ गतेदेखिपुस आयोगले मतदाता संकलन गर्दैछ । जसका लागि स्थानीय तहमा प्रचार–प्रसार थालिसकेको छ । आयोगले मतदातालाई आफ्नो विवरण टिपाउन आउँदा तीन वटा कागजात अनिवार्य साथमा लिएर आउन आग्रह गरेको छ । १८ वर्ष उमेर पुगेका सबै नागरिकलाई सक्कली नागरिकता लिएर मतदाता नामावली संकलन केन्द्रमा पुगेर नागरिकलाई विवरण टिपाउन आग्रह गरेको छ ।

नागरिकताविना मतदाता नामावली संकलनमा सहभागी हुन नसकिने आयोगले जनाएको छ । यस्तै बसाईसराई गरी आएका नागरिकले नागरिकतासँगै बसाइसराई कागजपत्र लिएर मतदाता संकलन केन्द्रमा पुग्नुपर्ने छ । बसाइसराई आएका नागरिकलाई बसाईसराईको प्रमाणपत्र देखाएर मात्रै विवरण टिपाउन पाइन्छ । विवाह गरेर नयाँ ठाउँमा आएका मतदाताले भने विवाहदर्ता प्रमाणपत्र देखाउनु पर्दछ । उल्लेखित प्रमाणपत्रको आधारमा आयोगले नामावली सार्ने र नयाँ मतदाताको विवरण टिपाउन सकिने आयोगले जनाएको छ ।

१६ बर्ष उमेर नपुगेका नागरिकले पनि मतदाता संकलनमा विवरण टिपाउन सक्नेछन् । तर उनीहरुले निर्वाचनमा भाग लिन भने पाइने छैनन् ।

सुर्खेतका स्थानीय तहमा दुई चरणमा नामावली संकलन गरिद

YUGAAWHAN NATIONAL DAILY (2078-8-014)

सुर्खेतका स्थानीय तहमा दुई चरणमा नामावली संकलन गरिद

उत्पादनमा प्रोत्साहन

Leave a comment

Your email address will not be published. Required fields are marked *