२०८३ असार २ गते
×

Now Playing

दैलेखमा सभापति सहित सबै पदाधिकारी पौडेल पक्षीय निर्वाचित


अमर सुनार दैलेख : नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको क्रममा शनिवार भएको जिल्ला कार्यसमितिको निर्वाचनमा सभापति सहित ७ जना सबै पदाधिकारी पौडेल पक्षीय उम्मेदवारहरुले जितेको छ ।
देउवा पक्षीय प्रतिस्पर्धी घनश्याम भण्डारीलाई पौडेल पक्षीय उम्मेदवार मणिराम रेग्मी जिल्ला कार्यसमितिको सभापति पदमा बिजयी भएका छन् । भण्डारीले ७ सय ५४ र रेग्मीले ७ सय ९१ मत पाए ।
कुल १५ सय ७४ मतदातामा १५ सय ५९ मत खसेको थियो । खसेको मत मध्ये ७ वटा मत मतदाताले नै लिई गएका र ७ वटा मत बदर भएका निर्वाचन अधिकृत विवस बस्नेतले जानकारी दिए ।
निर्वाचित हुने पदाधिकारीमा उपसभापतिद्वय नवराज शाही र रीताकुमारी शाही, सचिवद्वय नारायण रेग्मी र खेमराज ओली, सहसचिवद्वय कनबहादुर सेन ठकुरी र महेन्द्रबहादुर शाही (चट्टान)ले जितेका छन् ।
कुल ४४ सदस्य कार्यसमितिका लागि भएको निर्वाचनमा समावेशी र भूगोलबाट प्रतिनिधित्व गर्ने ३७ जना सदस्य पदका उम्मेदवार संख्या र गणना प्रणाली झण्झटिलो भएको कारण आधा जति मात्र गणना सकिएको बताइएको छ ।
समावेशी र भूगोलबाट प्रतिनिधित्व गर्ने ३७ जना सदस्य पदका लागि ८७ जना उम्मेदवार छन् । ती सदस्य पदका लागि बाँकी मतहरु गणक समूह थपेर छिटो छरितो गराउने प्रयत्नमा रहेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद उपाध्यायले बताए ।

को हुन् मणिराम ?
पञ्चायतकालमा २०३६ को जनमत संग्रहको बेला नेपाल मजदूर किसान पार्टीको तर्फबाट राजनीतिक जागरण अभियान सहभागी हुनुभएका रेग्मी लुकीछिपी पार्टी संगठन बनाउन जुट्दै २०३८ देखि शिक्षण पेशा संलग्न भयो ।
शिक्षण पेशाको बेला त्रिभुवन मावि दैलेख बजारमा १० नेपाल रेडक्रस युवा सर्कलको शिक्षक नायवको भूमिका निर्वाह गर्नुभएका उनी २०४७ सालमा शिक्षकको जागिर छोडेर २०४८ को संसदीय निर्वाचनमा नेपाल मजदूर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा निकटम् प्रतिद्वन्द्वी हुनुभएको थियो ।
संसदीय निर्वाचनमा पराजित भएपछि २०४९ को स्थानीय निर्वाचनमा नेपाल मजदूर किसान पार्टीको तर्फबाट तत्कालिन बेलासपुर गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । तर २०५० मा गाविस अध्यक्ष पद सहित उनी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
उनले प्रतिनिधित्व गर्नुभएको भूगोल बेलासपुर समेत त्यतिबेलाका ५ गाविस नारायण, बसन्तमाला, त्रिवेणी र सरस्वती गाविस मिलाएर २०५३ मा नारायण नगरपालिका गठन भएपछि २०५४ को स्थानीय निर्वाचतमा मेयर पदमा उम्मेदवार भएर एमालेका रबिन्द्रराज शर्मासंग हारेका थिए ।
२०६२ माघमा राजाको प्रत्यक्ष शासनको बेला भएको नगरपालिका निर्वाचनमा काँग्रेस लगायतका दलतहरुले निर्वाचन बहिस्कार गरे पनि उनी स्वतन्त्र उम्मेदवार बनेर ३ महिना मेयर पद सम्हालेका थिए । २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापनापछि उक्त निर्वाचन अवैद्य घोषणा भएको थियो ।
शाही शासनमा सहभागी भन्दै झण्डै डेढ वर्ष भूमिका विहीन भएपनि पार्टी केन्द्रले आममाफी गरेपछि काँग्रेसको राजनीतिमा पुनः जोडिएका थिए ।
राजाको शासनकाल स्वीकारेको गल्तीको मार २०७२ मा भएको नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवार हुँदा कृष्णकुमार बीसीसंग हारेका थिए । त्यसबेलाको हारलाई रेग्मीप्रति सहानुभुती राख्नेहरुले ‘पीडित नेता’को उपमा दिएका थिए ।
कानून संकायमा प्रवीणता अध्ययन गर्नुभएका मणिराम रेग्मी आमा बालकुमारी र बुबा पुण्यप्रसाद रेग्मीको कान्छो सुपुत्रको रुपमा २०२१ जेठ ५ गते जन्मेका हुन् । उनीका श्रीमति, १ छोरा र २ छोरी छन् ।

दैलेखमा सभापति सहित सबै पदाधिकारी पौडेल पक्षीय निर्वाचित

भोलिदेखि विदेशीलाई जापान प्रवेश निषेध

दैलेखमा सभापति सहित सबै पदाधिकारी पौडेल पक्षीय निर्वाचित

फाेहर राख्नका लागि कल्वले राख्यो चाेकचाेकमा पलाष्टिक

Leave a comment

Your email address will not be published. Required fields are marked *