भेरिमा निर्माणधिन झुलुङे पुलको बल्क गुणस्तरहिन भएकाे भन्दै स्थानीयले भत्काए

दुर्गा विसी

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ नाम्रामा बन्दै गरको झोलङ्गे पुलको काम रोकिएको १७ महिना भयो । फाउण्डेसन र वालको काम पूरा भए पनि स्थानीयले वल्क हातले भत्काएका छन् । भेरिको वालुवाको मात्रा धेरै भएकोले हातलै पुलका बल्क भत्काएका छन् ।
सिमेन्टको मात्र अत्यधिक कम र वालुका मात्र वढि भएकोले हातैले वल्क निकालेका छन् । हतौडा, घन नभइ स्थानीयले हातले निर्माण भएको बाल भत्काएका छन् । निकै कमसल खालको काम भएको देखिन्छ ।
कामको जिम्मेवारी लिएको कम्पनीलाई तत्काल कारवाहि गर्न स्थानीयले जोडदार माग गरेका छन् । बाँकी काम कोभिडले गर्दा अबरुद्ध भएको निर्माण कम्पनीका प्रतिनि पुर्ण विष्टको वताए पनि पुलका बल्कहरु स्थानीयले नदि किनारबाट वालुवा झिके जस्तै हातले वालबाट बल्क झिकेका छन् ।
केवुल, बोल्ट, लहरा र लठ्ठा आउन ढिलाइ भएकोले काम रोकिएको निर्माण कम्पनीले वताए पनि काममै गुणस्तरीय नभएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
यस्तो किन भयो भनेर सोध्दा सिचाइ नपुगेको विष्टले वताए पनि सिमेन्टको मात्रा कम भएकोले यस्तो अवस्था आएको हुन सक्ने जनाएको छ । भौतिक पुर्वाधार कार्यालय सल्यानले यश विषयमा ताकेता गर्ने गुणस्तरको मापन गर्ने जनाएको छ । पेश्कि वाहेक अन्य भुक्तानी नपाएकोले काम सुरु भए पछि कामको गुणस्तर हेरर मात्रै काम अघि वढाउने जनाएको छ ।
तर निर्माण कम्पनीले स्थानीयले भत्काएका बल्क पुनस् टालटुल गर्न थालेका स्थानीय भनाइ रहेको छ ।काम रोकि सबै बल्क भत्काएर मात्रै काम अघि वढाउन स्थानीयको माग छ ।भेरिमा वन्ने पुल नै यस्तो वेजोग भए पछि सबै चकित वनेका छन् । स्थानीयहरु भने भएको कामको गुणस्तर अत्यन्तै नन्यु भएको गुनासो गरिरहेका छन् ।
स्थानीय रामप्रसाद शर्माका अनुसार कम्पनीले समयमै सक्ने काममा निकै ढिलो सुस्ति गरिरहेको छ,त्यो पनि भेरिको वालुवाको मात्राले खाडल र बाल पूरा गरेको छ ।यस्तो कामबाट वनेको पुल कस्तो होला ।उनका अनुसार कोभिडको वहाना वनाइ लामो समय देखि काम अल्झाइरहेको दुखेसो छ । भएको काम समेत सन्तोष जनक छैन । सिंचाई नहँुदा बल्कहरु भत्किन सुरु भएको छ । २ करोड २५ लाख लागतमा एमसी शिव निर्मल जेभीले कामको जिम्मा लगेको थियोे ।
भेरी नदिमा पुल नहुदा त्यहाँका नागरिक बारपार गर्न अहिले पनि तावा प्रयोग गरिरहेका हुन्छन् । पुल बन्ने भएपछि हौसिएका नाम्राली भने पुलको कामले गति नलिँदा र कामको गुणस्तरीयताले चिन्तित बनेको अर्को स्थानीय गोपिलाल आचार्यको भनाइ रहेको छ ।
सल्यान भुभागबाट नाम्रा जानको लागि कच्ची सडक,भनेको समय सवारीसाधन नपाइने भएकोले यात्रामा सकस छ भने पुल बनेमा वजार र विद्यालय आवतजावतमा सहजता हुने आचार्यको भनाई रहेको छ ।पुर्वाधार कार्यालय सल्यानले भने सबै बाल र वल्क भत्काएर मात्रै पुन काम सुचारू गर्न लगाउने जनाएको छ ।






