अभिनेता दिलीप कुमार अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

एजेन्सी । बलिउडका दिग्गज अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन् । ९८ वर्षका दिलीप कुमारको अचानक स्वास्थ्यमा खराबी देखिएपछि हिन्दुजा अस्पताल भर्ना गरिएको समाचार बाहिरआएको छ ।
दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण अस्पताल भर्ना गरिएको हो । उनको हालत स्थिर बताइएको छ ।
केही अगाडि पनि दिलीपक कुमारलाई सास फेर्न समस्या भएको कारण हिन्दुजा अस्पतालमै भर्ना गरिएको थियो । सो समय उनको फोक्सोबाट ३५० मिली लिटर पानी निकालिएको थियो ।
डा. नितिन गोखले र डा. जलील पारकरको रेखदेखमा उनको सर्जरी गरिएको थियो । स्वास्थ्यमा सुधार आएपनि अस्पतालबाट डिस्चार्ज भएका थिए ।






