कर्णाली करिडोरमा जिप दुर्घटना : चालकको मृत्यु, ११ जना घाइते

सुर्खेत । कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना भएको छ।

सान्नीत्रिवेणी गाउँपालिका-३ आन्तडाबाट लालीघाट जाँदै गरेको क१ज २३ नम्बरको जिप पौने १२ बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी गाडीचालक सान्नीत्रिवेणी-१ का विक्रम गिरीको मृत्यु भएको छ। अन्य ११ जना यात्रु घाइते भएका छन्।

घाइतेको स्थानीय र कालीकोट प्रहरीले उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ।

कर्णाली करिडोरमा जिप दुर्घटना : चालकको मृत्यु, ११ जना घाइते

ईलाका प्रहरी कार्यालयको जिर्ण भवन भत्तकियाे

कर्णाली करिडोरमा जिप दुर्घटना : चालकको मृत्यु, ११ जना घाइते

YUGAAWHAN NATIONAL DAILY (2078-05-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *