ईलाका प्रहरी कार्यालयको जिर्ण भवन भत्तकियाे

दुर्गा विसि 
सल्यान पश्चिममा शान्ति सुरक्षा दिदै अाएको ईलाका प्रहरी कार्यालयको भान्सा र प्रहरी जवान वस्दै आएको कच्ची भवन भत्तकिन सुरु गरेको छ । निकै लामाे समय देखि ईलाका प्रहरी कार्यालय सल्लिवजार भाडामा वस्दै आएको छ । इप्रका सल्लिवजारकाे बन्दै गरेको नयाँ भवनकाे काम सुस्त गतिमा रहेको छ । नयाँ भवन समयमै नबन्दा प्रहरी अावासकाे लागि समस्या भएको छ ।भान्सा र केही जवान वस्दै आएको घर समान्य वर्षातका कारण भत्तकिन सुरु गरेको छ । अरुलाइ सुरक्षा दिने प्रहरी आफै असुरक्षित वनेकाे छ ।यतिखेर इप्रका सल्लिवजारले भाडामा प्रयोग गरिरहेको दुई घर नै जिर्न छन् भने एउटा् घरकाे कुनाबाट भत्तकिन सुरु गरेको छ । नयाँ भवन समयमै नबन्दा यतिबेला इप्रका सल्लिवजारलाइ अावासकाे लागि निकै कठिनाइ वनेकाे छ ।निर्माण कम्पनीकाे ढिलाइका कारण उपयुक्त समयमा भवन बन्न नसकेको वुझिएको छ ।सम्झौता सम्पन्न मिति गुर्जिदा भवन अझै सम्पन्न हुनेमा आंशका कायमै छ ।






