हुम्लामा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

सिमकोट । हुम्लामा सडक खनिरहेको बेला पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्य भएको छ ।
अदानचुली गाउँपालिका–५ को सेरामा सडक खन्ने क्रममा स्काभेटर पुरिँदा बर्दीया घर भएका २६ वर्षीय चालक सन्तोष थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्ब शर्माले जानकारी दिए ।
स्थानीय र प्रहरी मिलेर चालकको शव निकालिएको छ ।
अहिले शव श्रीनगर स्वास्थ्य चौकीमा राखिएको छ । सोमबार बेलुका ६ बजेतिर सडक खन्ने क्रममा उक्त दुर्घटना भएको हो ।
स्काभेटरका सहचालक भने हाम फालेर बाँचेका छन् । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट दुई दिन लाग्ने डीएसपी शर्माले बताए ।






