सल्यानमा एकै दिन दुई हजार विरुवा रोपियो, एक वर्षमा दुई लाख रोप्ने योजना

सल्यान । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सल्यानका विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ। डिजिभन वन कार्यालय सल्यानको समन्वयमा वृक्षारोपण गरिएको हो।

विभिन्न संघ संस्था, नेपाली सेना, नेपाल प्रहरीको सहभातिामा एकै दिन विभिन्न प्रजातिका करिब दुई हजारवटा विरुवा रोपिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

यस वर्ष विभिन्न संघ सस्थाको समन्वयमा विभिन्न प्रजातिका दुई लाख वटा विरुवा रोप्ने योजना रहेको कार्यालयका प्रमुख रमेशकुमार गिरीले बताए।

विभिन्न सरकारी र गैरसरकारी क्षेत्रका कार्यालयका खाली ठाउँ, विद्यालय र क्याम्पसका खाली चौर, निजी जग्गा, सडक किनारा, नदी र खोला किनारा, सार्वजनिक जग्गा, वन क्षेत्र, झाडी बुट्यान क्षेत्र आदिमा वृक्षारोपण गर्ने योजना छ।

सल्यानमा एकै दिन दुई हजार विरुवा रोपियो, एक वर्षमा दुई लाख रोप्ने योजना

हुम्लामा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

सल्यानमा एकै दिन दुई हजार विरुवा रोपियो, एक वर्षमा दुई लाख रोप्ने योजना

सार्वजनिक सुनुवाइको माग गर्दै हिमाको ६ वडा

Leave a comment

Your email address will not be published. Required fields are marked *