सार्वजनिक सुनुवाइको माग गर्दै हिमाको ६ वडा कार्यालयमा तालाबन्दी

जुम्ला । हिमा गाउँपालिकाको वडा नम्बर ६ मा तालाबन्दी गरिएको छ। नेपाली कांग्रेसको वडा कमिटीले योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेको हो।

वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७/२०७८ सम्म सम्पन्न भए÷गरेका योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला लगाएको कांग्रेसले वडा समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त विज्ञप्तिमा ठूला साना गरी २६ वटा योजनाहरुको नाम उल्लेख गरिएको छ। यसका बारेमा वडा कार्यालयले तत्काल पहल चाल्न स्थानीयले माग गरेका छन्। उपराज अधिकारीको नेतृत्वमा तालाबन्दी गरिएको हो।

यता हिमा गाउँपालिका–६ का वडा अध्यक्ष बलबहादुर रावतले भने, कोरोनाका महामारीले कतिपय योजनाहरुको काम नभएको र भएका योजनाको काम सम्पन्न नभएकाले सार्वजनिक सुनाई हुन नसकेको बताए।

उनले केही काम सुरु भएका आयोजनाहरुको काम सम्पन्न हुने बितिकै सार्वजानिक सुनुवाइ गर्ने बताए। उनले विरोधको लागि विरोध नगरेर वडाको विकासका लागि हातेमालो गर्न अनुरोध गरेका छन्। उनले सहज परिस्थिति आए योजनाहरुको प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।

सार्वजनिक सुनुवाइको माग गर्दै हिमाको ६ वडा कार्यालयमा तालाबन्दी

सल्यानमा एकै दिन दुई हजार विरुवा रोपियो,

सार्वजनिक सुनुवाइको माग गर्दै हिमाको ६ वडा कार्यालयमा तालाबन्दी

कर्णालीमा सुन अभाव, रोकियो १६ करोडको कारोबार

Leave a comment

Your email address will not be published. Required fields are marked *