फिल्म निर्देशक आचार्यले दिए महिला कैदी बन्दीलाई तीजको कोसेली

काठमाडौं । फिल्म निर्देशक ऋषिराज आचार्यले केन्द्रीय कारागार सुन्धारामा रहेका ३६० महिला कैदी बन्दीलाई तीजको कोसेली स्वरूप विभिन्न सामाग्री राहतको रुपमा वितरण गरेका छन् ।

जेलमा रहेका महिलाहरुलाई पनि तीज आउँछ । उनीहरुका लागि तीजका सामान आवश्यकता पर्छ भन्ने सोचका साथ उनले राहत बितरण गरेका हुन् ।

समाजसेवी इन्दिरा राना मगरको संयोजकत्वमा उनले जेलमै पुगेर ३६० महिलालाई चुरा, काँटा, टीकालगायतका तीजका लागि आवश्यक बिभिन्न सामग्रीहरु बितरण गरेका हुन् । आफ्नो कारण उनीहरुले थोरै भएपनि खुशी महसुस गर्न सकुन् भनेर सामान लिएर जेल पुगेको निर्देशक आचार्यले बताए ।

‘जेलमा रहेका कैदी बन्दीका कोही आफन्त भेट्न आउँछन् होला कोहीका आउँदैनन्’ आचार्यले भने, ‘उनीहरुलाई आफन्त साथीभाई चाडपर्व आउँदा त झनै महत्व हुन्छ ।’ कोरोनाका कारण लकडाउन र निषेधाज्ञाको समय समेत विभिन्न खाद्यान्न वितरण गरेका आचार्य समाजसेवाका विषयमा मिडियामा नआओस् भन्नेर चुपचुप समाजसेवा गर्दै आएका छन् ।

आचार्यको निर्देशन रहेको पछिल्लो चलचित्र ‘चुरीफुरी’ अहिले पोष्ट प्रोडक्सनमा रहेको छ । फिल्म हल खेल्ने बित्तिकै चलचित्र प्रदर्शनमा ल्याउने उनको योजना रहेको छ ।

फिल्म निर्देशक आचार्यले दिए महिला कैदी बन्दीलाई तीजको कोसेली

‘ह्वाइट बिकिनी’मा देखिएकी नेहा भसीनको तस्बिरमा युजर्सले

फिल्म निर्देशक आचार्यले दिए महिला कैदी बन्दीलाई तीजको कोसेली

पहिलो भेटमा नै दीपिकाको प्रेममा पागल भएका

Leave a comment

Your email address will not be published. Required fields are marked *