काबुल विमानस्थल आक्रमणमा १४ जना भारतीय पनि संग्लन

एजेन्सी । काबुल विमानस्थलमा बिहीबार बम हमला गर्ने आतंकवादी संगठन इस्लामिक स्टेट खुरासान समूहको भारतीय सम्बन्ध खुलासा भएको छ। मिडिया रिपोर्टअनुसार केरलका १४ जना यस समूहसँग सम्बन्धित रहेको उल्लेख छ।

हिन्दुस्तान टाइम्सको समाचारअनुसार तालिबानले अफगान प्रान्त कब्जा गरेपछि आफ्ना जेलमा रहेका लडाकुहरुलाई मुक्त गरेका थिए। उनीहरु मध्ये केरलाबाट १४ बगरम जेलबाट रिहा भएका व्यक्तिहरु छन्, जो खोरासान प्रान्तको इस्लामिक स्टेटमा सामेल भएका छन्।

दैनिक भाष्करले यसबारे भनेको छ, ‘यी १४ व्यक्तिहरु मध्ये एक केरलामा उनको घर बाट भागेका थिए।’ ‘सन् २०१४ मा जब इस्लामिक स्टेट अफ सिरिया एन्ड लेभान्टले मोसुल कब्जा गर्यो। तब केरलाका मल्लापुरम, कारगोड र कन्नुर जिल्लाबाट भागेर धेरै जना स्थानीय उक्त समूहमा सहभागी भए। यीमध्ये धेरै जना अफगानिस्तानको नंगरहार गएर आइएसआइएस–केपीमा संलगन भए’, भाष्करले लेखेको छ।

बिहीबार अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोट हुँदा १७० को मृत्यु भएको छ। हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती, १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनको पनि रहेको बताइएको छ।

काबुल विमानस्थल आक्रमणमा १४ जना भारतीय पनि संग्लन

आफ्ना नागरिकलाई काबुल विमानस्थलको गेट छोड्न अमेरिकाको

काबुल विमानस्थल आक्रमणमा १४ जना भारतीय पनि संग्लन

पूर्व युवराज पारस शाहको गेटअपमा भरतमणि देखिएपछि..

Leave a comment

Your email address will not be published. Required fields are marked *