आफ्ना नागरिकलाई काबुल विमानस्थलको गेट छोड्न अमेरिकाको निर्देशन

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल काबुल विमानस्थलको गेट छोड्न निर्देशन दिएको छ।

विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले अमेरिकाले आफ्ना नागरिकहरुलाई हट्न निर्देशन दिएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बिहीबार काबुल विमानस्थलमा बम विस्फोटमा परी आफ्ना १३ सैनिक मारिएपछि अमेरिकाले जवाफी हमलामा इस्लामिक स्टेटविरुद्ध ड्रोन आक्रमण गरेको थियो। उक्त आक्रमणमा विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारको मृत्यु भएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जोइ बाइडेनले उक्त आक्रमणपश्चात् जवाफी अपरेसन सुरु गर्ने योजना बनाएको बताइएको छ। यसैबीच ह्वाइट ह्वाउसले काबुल विमानस्थलमा सुरक्षाको हर सम्भव व्यवस्था मिलाइरहेको जनाएको छ।

बिहीबार काबुल विमानस्थलमा हमला भएको थियो, हमलामा मर्नेको संख्या १ सय ७० पुगेको छ। त्यसैगरी १२ सय ७६ जना घाइते छन् ।

आफ्ना नागरिकलाई काबुल विमानस्थलको गेट छोड्न अमेरिकाको निर्देशन

दोस्रो पुस्तासँग माधव नेपालको गुनासो : मलाई

आफ्ना नागरिकलाई काबुल विमानस्थलको गेट छोड्न अमेरिकाको निर्देशन

काबुल विमानस्थल आक्रमणमा १४ जना भारतीय पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *