अफगानिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या १७० पुग्यो

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिदकारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ।

भारतीय समाचार संस्था दैनिक भाष्करकाअनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो।

घटनामा १ हजार २७६ जना घाइते भएका छन्। विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनको पनि रहेको बताइएको छ।

विमानस्थलको गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो। जहाँ बेलायती सैनिक बस्दै आएका थिए।

यसअघि तालिबानले अमेरिकालाई चेतावनी दिँदै ३१ अगस्टसम्म देश छाडिसक्न भनेको थियो। अमेरिकाले पनि तोकिएको समय सीमामा हट्ने बताएको थियो। तर ह्वाइट हाउसले ३१ अगस्टपछि पनि उद्धार अभियान जारी राख्ने बताएको थियो।

अफगानिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या १७० पुग्यो

तालिबानको अर्थव्यवस्था र अफिमबीच के छ सम्बन्ध

अफगानिस्तान बम विस्फोट : मृत्यु हुनेको संख्या १७० पुग्यो

दोस्रो पुस्तासँग माधव नेपालको गुनासो : मलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *