तालिबानको अर्थव्यवस्था र अफिमबीच के छ सम्बन्ध ?

एजेन्सी । तालिबानको एक दाबी छ-उसले अफगानिस्तानमा आफ्नो अघिल्लो शासनकालका बेला अफिम खेतीमा पूर्ण प्रतिबन्ध लगाएको थियो, जसकारण अवैध लागुऔषध व्यापार अन्त्य भयो
तालिबान शासनको अन्तिम वर्ष अर्थात सन् २००१ मा अफगानिस्तानमा अफिम उत्पादन घटेकै थियो। तर, तालिबान नियन्त्रित क्षेत्रहरूमा पछिल्ला वर्ष अफिम खेती बढेको देखिएको छ।
अफगानिस्तानमा कति अफिम छ ?
हेरोइनजस्तै एक परिस्कृत लागूपदार्थ हो अफिम। जसले सबैभन्दा बढी नशा दिन्छ। संयुक्त राष्ट्रसंघको औषधी तथा अपराध कार्यालय (यूएनओडीसी) का अनुसार अफगानिस्तान सबैभन्दा धेरै अफिम उत्पादक हो।
अफगानिस्तानले विश्वभर हुने अफिम उत्पादनको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगट्छ। सन् २०१८ मा यूएनओडीसीले गरेको अनुमानअनुसार अफगानिस्तानको कुल अर्थतन्त्रमा ११ प्रतिशत हिस्सा अफिम उत्पादनको थियो।
अफिमको बारेमा तालिवानले के भन्छ ?
अफगानिस्तानको लगभग सबै प्रान्त नियन्त्रण गरेपछि प्रवक्ता जबीउल्लाह मुजाहिदले अबको सरकारले ड्रग्स उत्पादन गर्न नदिने बताएका छन्। उनले भने, ‘हामी अफिम खेती शून्यमा झार्ने छौँ, कुनै तस्करी हुने छैन।’
यस्तो छ तालिबानको रेकर्ड
तर, २० वर्षसम्म अफगानिस्तानमा लडाइँ लडेको अमेरिकाको विदेश विभागले भने अफिम खेती तालिबानकै नेतृत्वमा बढिरहेको बताएको छ। विभागका अनुसार सन् १९९८ ताका ४१ हजार हेक्टरमा अफिम खेती हुने गरेकोमा २००० मा ६४ हजार हेक्टरसम्म फैलिएको थियो।
हेलमण्ड प्रान्तले विश्वको कुल अफिम उत्पादनमा ३९% प्रतिशत हिस्सा ओगटेको छ। यो प्रान्त तालिबानकै नियन्त्रणमा छ। तर, जुलाई २००० मा तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अफिम खेतीमा प्रतिबन्ध लगाएको थियो।
तर, २००१ मा संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा लेखिएको छ, ‘तालिबान नियन्त्रित क्षेत्रहरूमा अफिम उत्पादनमा पूर्ण प्रतिबन्ध लागेको छ।’






