मोटरसाइकल दुर्घटनामा रेडक्रस कर्मचारीको मृत्यू

दैलेख । मोटरसाइकल दुर्घटनामा परी दैलेखमा रेडक्रसको खानेपानी परियोजनाका एक जनाको कर्मचारीको आज दिउँसो ज्यान गएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ घर भई हाल नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखामा कार्यरत ४२ वर्षीय नारायणप्रसाद पोखरेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दैलेख सदरमुकामबाट कार्यक्षेत्र नौमूले गाउँपालिकातर्फ जाँदै गर्दा पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरेल सवार मोटरसाइकल दैलेख नौमले सडक खण्ड अन्तरगर्त नौमूले गाउँपालिका–१ तामेखोला नजिकैको सेतो भीरमा दुर्घटनामा परेको डीएसपी श्रेष्ठले बताउनुभयो ।
पोखरेल रेडक्रसद्धारा जिल्लाको नौमूले गाउँपालिका–३ द्धारीमा सञ्चालित समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजनामा तीन वर्षदेखि फिल्ड सुपरभाइजर पदमा कार्यरत हुनुहुन्थ्यो ।






