२०८३ जेष्ठ ३० गते
×

Now Playing

टेष्ट सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डलाई पछ्याउँदै भारत

भारत र इंग्ल्याण्डबीच जारी ५ खेलको टेष्ट सिरिजको तेस्रो खेल जारी छ। तेस्रो दिनको खेल सकिँदा भारत दोस्रो इनिङमा २ विकेट गुमाएर २१५ रनमा मैदानमा छ।

क्रिजमा भारतीय कप्तान विराट कोहली ४५ तथा चेतेश्वर पुजारा ९१ रन बनाएर खेलिरहेका छन्। त्यसअघि ओपनर रोहित शर्माले ५९ रन बनाएर पेभिलियन फर्किए। अर्का ओपनर केएल राहुल भने चल्न सकेनन्। उनी केवल ८ रन बनाउँदा आउट भए।

अहिले क्रिजमा रहेका कोहली र पुजाराबिच भने ९९ रनको साझेदारी भइसकेको छ। पहिलो इनिङको तुलनामा भारत अझै १३९ रनले पछि छ। पहिलो इनिङमा भारत ७८ रनमा अलआउट भएको थियो। जवाफमा इंग्ल्याण्डले कप्तान जो रुटको सानदार शतकमा ४३२ रन बनाएको थियो।

तेस्रो टेस्टमा चेतेश्वर पुजारा क्रिजमा टिक्दा १९ औ टेस्ट शतक नजिक छन्। यदि पुजाराले शतक प्रहार गरेमा ३१ महिनापछि उनले शतक प्रहार गर्ने छन्। यसअघि २०१९ मा अस्ट्रेलिया विरुद्ध शतक प्रहार गरेका थिए। जहाँ कप्तान विराट कोहली पनि २६ औ अर्धशतक नजिक छन्।

टेष्ट सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डलाई पछ्याउँदै भारत

रोनाल्डोले तोड्लान्‌ युनाइटेडको उपाधि खडेरी ?

टेष्ट सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डलाई पछ्याउँदै भारत

मोटरसाइकल दुर्घटनामा रेडक्रस कर्मचारीको मृत्यू

Leave a comment

Your email address will not be published. Required fields are marked *