औंलाको छाप र आँखाको रेटिनाबाट शत्रु खोज्दै तालिबान

एजेन्सी । तालिबानले आफूविरुद्ध काम गरिरहेका व्यक्तिको खोजी ओंलाको छाप र आँखाको रेटिनाका आधारमा खोजी गरिरहेको बताइएको छ।

अमेरिकी जल सेनाका पूर्व अधिकारी पिटर किर्ननले यसको खुलासा गरेका हुन्। उनले बिबिसीसँग भनेका छन्, ‘हामी बायोमेट्रिक डाटा प्रणालीमा आफ्ना कर्मचारी र मानिसहरूको नाम र थर राख्ने गर्थ्यौं। जसले हाम्रा लागि काम गर्थे।

यसका लागि अफगानिस्तानका विभिन्न गाउँमा जान्थ्यौं।’ उक्त यन्त्र १२ इन्च लामो र ६ इन्च चौडा थियो। त्यसमा औंलाको छाप र उनीहरूको रेटिना स्क्यान गरिएको थियो। यसबाट उनीहरूको तस्वीर पनि खिचिएको थियो।

उनी भन्छन्, ‘ती दोभाषेहरू हाम्रा लागि काम गर्थे। उनीहरूलाई तालिबानले खोजिरहेको छ।’ अमेरिकी सेनासँग काम गरेका मानिसहरूले सक्दो छिटो अफगानिस्तान छोड्नुपर्ने नत्र तालिबानले उनीहरूलाई मार्ने पिटरको दाबी छ।

काबुल तालिबानको कब्जामा परेपछि पिटरको व्यस्तता बढेको छ। जब उनी अफगानिस्तानमा काम गर्थे, उनीसँग १२ जना स्थानीय दोभाषे थिए। उनीहरूले स्थानीयसँग कुराकानी गर्न सघाएको उनले बताएका छन्।

उनीसँग काम गरिरहेका धेरै दोभाषे अहिले पनि अफगानिस्तानमै छन्। पिटर उनीहरूलाई अफगानिस्तानबाट बाहिर निकाल्न चाहन्छन्।

बिबिसीले संयुक्त राष्ट्र संघको दस्तावेज हेर्ने मौका पाएको जनाएको छ। जसमा तालिबानले नाटो र अमेरिकी सेनाका लागि काम गर्ने र उनीहरूलाई सहयोग गरेका व्यक्तिहरूको खोजी तीव्र रूपमा गरिरहेको उल्लेख छ।

औंलाको छाप र आँखाको रेटिनाबाट शत्रु खोज्दै तालिबान

मोटरसाइकल दुर्घटनामा रेडक्रस कर्मचारीको मृत्यू

औंलाको छाप र आँखाको रेटिनाबाट शत्रु खोज्दै तालिबान

काँग्रेसको समन्वय विभाग गण्डकी प्रदेश सदस्यमा गोरखाका

Leave a comment

Your email address will not be published. Required fields are marked *