२०८३ जेष्ठ ३० गते
×

Now Playing

क्रिकेट प्रशिक्षक वाटमोरले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक वाटमोरबाट एक्कासी आएको राजीनामाबाट अचम्भीत भएको जनाएको छ।

राष्ट्रिय टोलीसँग यतिखेर ओमानमा रहेका अष्ट्रेलियाली नागरिक वाटमोरले इमेलमार्फत् राजीनामा पठाएको क्यानले जनाएको छ। यसै वर्षको सुरुमा उनले एक वर्षका लागि नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने सम्झौता क्यानसँग गरेका थिए।

संघका अध्यक्ष चतुरबहादुर चन्दले वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएको जानकारी दिए।

राजीनामामा उनले पारिवारिक जिम्मेवारीका कारण नेपाली टिमको प्रशिक्षण सम्हाल्न नसक्ने जानकारी गराएका छन्। ‘कोरोना महामारीका कारण मलाई परिवारबाट टाढा रहन सहज छैन। त्यसकारण यो जिम्मेवारीबाट अलग हुन चाहन्छु,’ वाटमोरलाई उद्धृत गर्दै चन्दले  भने।

क्रिकेट प्रशिक्षक वाटमोरले दिए राजीनामा

बक्सिङ खेलका विभिन्न पक्षबारे पत्रकारलाई प्रशिक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *