२०८३ जेष्ठ ३० गते
×

Now Playing

नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली घोषणा

काठमाडौं : नेपालविरुद्ध मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक इगोर स्टिमाकले शुक्रबार २५ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

नेपालले यही भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसित मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। यसैका लागि घोषणा गरिएको भारतीय टोलीमा अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, चिलेसना सिंह, मन्दरराओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभाशिष बोस, सेरिटन फर्नान्डेज र ललेङ माबिआ रहेका छन्।

यस्तै‚ टोलीमा विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेक्सन सिंह, प्रोनय हल्दर, मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी रहेका छन्।

नेपाली टोली भने हाल बन्द प्रशिक्षणका लागि कास्कीको पोखरामा रहेको छ। नेपाली टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा र कमल थापा मगर रहेका छन्।

यस्तै‚ नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ र आशिष लामा टोलीमा रहेका छन्।

नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जित हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। दुवै देशले चार खेलमा बराबरी खेलेका थिए। भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ।

नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन्। साफ च्याम्पियनसीप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ।

नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली घोषणा

क्रिकेट प्रशिक्षक वाटमोरले दिए राजीनामा

नेपालविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली घोषणा

रोनाल्डोले तोड्लान्‌ युनाइटेडको उपाधि खडेरी ?

Leave a comment

Your email address will not be published. Required fields are marked *