बक्सिङ खेलका विभिन्न पक्षबारे पत्रकारलाई प्रशिक्षण

काठमाडौं : खेल पत्रकारहरूलाई बक्सिङ खेलका विभिन्न पक्षबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण दिइएको छ।

अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसर पारेर नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्गतको एनएसजेएफ एकेडेमीले काठमाडौं जिल्ला बक्सिङ संघको सहकार्यमा पत्रकारहरूलाई प्रशिक्षण दिएको हो।

कार्यक्रममा बक्सिङ खेलको इतिहास, खेल्ने तरिका, नेपालमा बक्सिङको अवस्था र अन्तर्राष्ट्रियस्तरमा नेपालको बक्सिङमा भएको प्रर्दशनका विषयमा जानकारी गराइएको छ।

बक्सिङका विषयमा टेक्निकल एक्सपर्ट एवं ट्रेनर अनुप लामाले ३५ भन्दा बढी पत्रकारलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षण अघिको औपचारिक कार्यक्रमका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले पत्रकारलाई प्रशिक्षित गर्ने यस्ता कार्यक्रमहरू खेलकुदको विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे।

हरेक वर्षको २७ अगष्टमा बक्सिङसँग सम्बद्ध विभिन्न संघसंस्थाहरूले विभिन्न कार्यक्रमका साथ बक्सिङ दिवस मनाउने गर्छन्। काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष दिनकलाल श्रेष्ठले कार्यक्रम आयोजनाका लागि अग्रसरता देखाएकोमा एनएसजेएफ एकेडेमीलाई धन्यवाद दिँदै बक्सिङ दिवसको शुभकामना दिए।

मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले पत्रकारहरूलाई बक्सिङ खेलको प्राविधिक पक्षमा दिइएको प्रशिक्षणले रिर्पोटिङमा अब्बल बनाउने विश्वास व्यक्त गरे। उनले यसबाट आगामी दिनमा बक्सिङको समाचार संकलन तथा लेखनमा महत्वपूर्ण योगदान मिल्ने विश्वास पनि व्यक्त गरे।

एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले पत्रकारहरूलाई विभिन्न खेलका प्राविधिक पक्षबारे जानकारी गराउने उद्देश्यमा ‘नो योर गेम’ प्रशिक्षण शृंखला अन्तर्गत बक्सिङ दिवसको अवसरमा बक्सिङको कार्यक्रम गरिएको जानकारी दिए।

आगामी दिनमा अन्य खेलमा पनि कार्यक्रमले निरन्तरता पाउने अधिकारीले बताए। एनएसजेएफ एकेडेमीका सदस्यमा निरञ्जन राजवंशी, नवीन खतिवडा, सुजन श्रेष्ठ र नवीन लुईटेल रहेका छन्। ‘नो योर गेम’ अन्र्तगत यसअघि भलिबल, जुडो, माउन्टेन स्र्पोट्सलगायतका प्रशिक्षण भइसकेका छन्।

बक्सिङ खेलका विभिन्न पक्षबारे पत्रकारलाई प्रशिक्षण

पत्रकार महासंघद्वारा तीन वर्षे कार्ययोजना तयार

बक्सिङ खेलका विभिन्न पक्षबारे पत्रकारलाई प्रशिक्षण

क्रिकेट प्रशिक्षक वाटमोरले दिए राजीनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *