पत्रकार महासंघद्वारा तीन वर्षे कार्ययोजना तयार

काठमाडौं : नेपाल पत्रकार महासंघले तीन वर्षे कार्ययोजना तयार गरेको छ। मकवानपुरको दामनमा हालै बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको हो।

बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन पुनर्संरचना, श्रमजीवी पत्रकारको हित, कोरोनाले मिडियामा पारेको असरलगायतका विषयमा छलफल गरी तीन वर्षे कार्ययोजना तयार गरेको हो।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा उल्लेख्य सुधार नआएकाले विभिन्न तहमा बनिरहेका कानुनका विषयमा सरोकारवाला निकायसँग छलफल गरेर दबाबमूलक कार्यक्रम ल्याउनेलगायतका निर्णय बैठकले गरेको छ।

त्यस्तै लोकतन्त्र, मानवअधिकार, विधिको शासन, स्वतन्त्रता न्यायपालिका, सामाजिक न्याय, आवधिक निर्वाचन तथा स्वस्थ राजनीतिक प्रतिस्पर्धाका पक्षमा महासंघ अग्रणी भएर उभिने निर्णय पनि बैठकले गरेको छ।

पत्रकार महासंघद्वारा तीन वर्षे कार्ययोजना तयार

सोसेक नेपालको अध्यक्षमा थापा

पत्रकार महासंघद्वारा तीन वर्षे कार्ययोजना तयार

बक्सिङ खेलका विभिन्न पक्षबारे पत्रकारलाई प्रशिक्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *