सोसेक नेपालको अध्यक्षमा थापा

सुर्खेत । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अध्यक्षमा हीरासिंह थापा चयन भएका छन् ।

शुक्रवार सम्पन्न सोसेकको २४ औँ साधारण सभा, बार्षीक उत्सब तथा ९ औँ अधिवेशनबाट अध्यक्षमा थापा चयन भएका हुन् ।

संस्थापक अध्यक्ष समेत रहेका थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । साधारण सभाले सदस्यहरुमा हस्तराज अधिकारी, कमला चन्द, मञ्जु कुमारी खड्का, कमला कुमारी नेपाली (बादी), कमला कुमारी शर्मा, मनसरा थापामगर, महेन्द्रकुमार कार्की र सुजन न्यौपाने चयन भएको निर्वाचन समितिले जनाएको छ ।

कार्यसमितिको बैठकले समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको लागि जिम्मेवारी तोक्ने निर्णय गर्नेछ ।

सोसेक नेपालको अध्यक्षमा थापा

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

सोसेक नेपालको अध्यक्षमा थापा

पत्रकार महासंघद्वारा तीन वर्षे कार्ययोजना तयार

Leave a comment

Your email address will not be published. Required fields are marked *