सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

सुर्खेत । सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुँडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्ष समेत रहेका २५ वर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा खुँडा प्रहार भएको प्रहरीले बताएको छ।

शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औँला र बायाँ हातमा चोट लागेको  जानकारी दिए । यद्यपि, उनले घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने बताए ।

मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुँडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले  जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीबार साँझ एक होटलबाट नै सुरुवात भएको बुझिएको छ।

खुँडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी भने आएको छैन ।’ गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको बताइएको छ।

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

दुबैजना जागिरे भएपछि प्रेम प्रस्ताव

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुँडा प्रहार

सोसेक नेपालको अध्यक्षमा थापा

Leave a comment

Your email address will not be published. Required fields are marked *