हिमा गाउँपालिकाको वडा कार्यालयमा ताला

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालयमा ताला लगाइएको छ । कांग्रेसको वडा कमिटिले योजनाको प्रगति विवरण सार्वजनिक गर्न माग गर्दै वडा कार्यालयमा ताला लगाएको हो ।

वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७/७८ सम्म सम्पन्न भए-गरेका योजनाको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला लगाइएको वडा कांग्रेस वडा कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा ठूलासाना गरी २६ वटा योजनाको नाम उल्लेख गरिएको छ । यसबारे वडा कार्यालयलाई तत्काल पहल चाल्न स्थानीयले माग गरेका छन् । उपराज अधिकारीको नेतृत्वमा तालाबन्दी गरिएको हो ।

हिमा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलबहादुर रावतले कोरोनाका महामारीले कतिपय योजनाको काम नभएको र भएका योजनाको काम सम्पन्न नभएकाले सार्वजनिक सुनुवाइ हुन नसकेको बताए ।

केही काम सुरु भएका आयोजनाको काम सम्पन्न हुनेबित्तिकै सार्वजनिक सुनुवाइ गर्ने जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष गाउँपालिका स्तरमै सार्वजनिक सुनुवाइ भएको हो ।’

विरोधका लागि विरोध नगरेर वडाको विकासमा हातेमालो गर्न आग्रह उनले गरका छन् । उनले थपे, ‘कोरोना महामारीमा विकासभन्दा पनि जन्ता बचाउनतिर लागेका हौँ । सहज परिस्थिति भएपछि साउनमा योजनाको प्रगति विवरण सार्वजनिक गर्नेछौँ ।’

हिमा गाउँपालिकाको वडा कार्यालयमा ताला

विदेशबाट खोप लगाएर आउने सिधै घर जान

हिमा गाउँपालिकाको वडा कार्यालयमा ताला

विमानस्थलमा दश मिनेटको अन्तरालमा उडान

Leave a comment

Your email address will not be published. Required fields are marked *