विदेशबाट खोप लगाएर आउने सिधै घर जान पाउने, अरुका लागि ११ शर्त
काठमाडौं । विदेशबाट कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सरकारले सिधै घर जान दिने भएको छ।
खोप लगाएर आएकाहरुलाई सिधै घर जना दिने र सेल्फ क्वारेन्टिनमा बस्नेगरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गरेको छ ।
यसैगरी, कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउने व्यवस्था आदेशमा गरिएको छ।
मन्त्रालयले खोप नलगाएर आउनेहरुले पालना गर्नुपर्ने ११ शर्त राखेको छ ।





